१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चौतारी लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं–चौतारी लघुवित्त वित्तीय संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको पाँच लाख ४० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यस लघुवित्त वित्तीय संस्था तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेको लघुवित्तले जनाएको छ ।

हाल यस लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । सो मात्राको सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी ८ करोड रुपैयाँ हुनेछ ।
 

प्रकाशित: २५ वैशाख २०७५ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App