१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश ५ को लोगो तयार

बुटवल- प्रदेश ५ का सांसद र कर्मचारीकालागि लोगो तयार गरीएको छ। सांसद र कर्मचारीहरुकालागि भनेर तयार गरीएको दुइ वटा लोगो सोमबार सार्वजनिक गरीयो। सांसदकालागि तयार गरीएको लोगोमा हिमाल, पहाड, तराई, बुद्ध भुमी, कृषि, लैगिक समानता र उज्वलताको प्रतिक तारा समेटिएको छ।

लोगोको शिरमा प्रदेशकै सबैभन्दा अग्लो पुथा हिमालमा राष्ट्रिय झण्डा राखीएको छ । हिमाल मुनी राखीएको अग्लो पहाड जलजलाको काखमा बुद्धभुमी लुम्बिनीको मायादेवि मन्दिर छ । सबै जात धर्म र भाषाभाषीको प्रतिनिधित्व हुनेगरी लुम्बिनीको अखण्ड शान्ति दिप राखेर दायाँबायाँ जौ र धानका बालाले घेरीएको छ । लैगिक समानता झल्काउन महिला पुरुषले हात मिलाएको आकृति र उज्जवलताको प्रतिक तारालाइ पाउमा राखेर प्रदेशसभा प्रदेश नम्बर ५ लेखीएको छ । लोगो सार्वजनिक गर्दै प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्तीले हिमाल पहाड तराइ, बुद्ध भुमी लुम्बिनी, कृषिकालागि उर्वर भुमि रहेको प्रदेश ५ समृद्धिकालागि समानता र उज्वल भविष्य बोकेको प्रदेश हो भन्ने शन्देश लोगो मार्फत दिन खोजीएको बताए। यो लोगो दाङ्गको तुलसीपुर उपमहानगर १ का खगेश्वर भण्डारीले तयार गरेका हुन। 

कर्मचारीकालागि भनेर तयार गरीएको लोगोमा पनि शिरमा पुथा हिमालमा राष्ट्रिय झण्डा राखीएको छ । त्यसको काखमा पहाड,बुद्धभुमीको चिनारी गौतमबुद्धको चित्र,महिला पुरुषले मिलाएको हात र तारा राखी दायाँबाँयाबाट १२ वटा लालीगुरासले घेरीएको छ । प्रदेशका १२  जिल्लाको प्रतिनिधित्वकालागि लालीगुरासको १२ वटा फुल राखीएको हो। यो लोगो रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ को मंगलापुरका सुधिर अर्यालले बनाएका हुन । सोमबार यी दुवै लोगोको प्रदेश सभाका सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीले सार्वजनिक गरे।

लोगो र्सावजनिक कार्याक्रममा लोगो बनाउने भण्डारीलाइ २५ हजार र अर्याललाइ १५ हजार नगदले पुरस्कृत गरीयो। लोकोगकालागि दुइ महिना अघि संसद सचिवालयले र्सावजनिक सूचना जारी गर्दै लोगोको माग गरेको थियो । खुल्ला प्रतिस्पर्धामा उत्कृष्ट हुने लोगो छनौट गरीने र २५ हजार नगद पुरस्कार दिने भनिएको थियो । जसमा १२ जनाले लोगो तयारी गरी सचिवालयमा पठाएका थिए । ती मध्ये भण्डारी पहिलो र अर्याल दोस्रो बने । लोगो सार्वजनिक कार्यक्रममा प्रदेश ५ को आधिकारिक वेबसाइट www.pradeshsabha.p5.gov.np पनि र्साबजनिक गरीयो। सोही कार्यक्रममा प्रदेश सभा नियमावली तथा प्रदेश सांसदहरुको विवरण सहितको पुस्तकको पनि बिमोचन गरीएको थियो।

प्रकाशित: २४ वैशाख २०७५ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App