सरकार र यातायात व्यवसायीबीच सहमति, भोलि १ बजे पत्रकार सम्मेलन

आइतबार, २३ बैशाख २०७५, २२ : १६ नागरिक

काठमाडौं– सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्।

यातायात मन्त्री रघुवीर महासेठकाे उपस्थितमा आइतबार राति सरकार  र राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीबीच यस्तो सहमति भएको हो। सहमतिको विस्तृत जानकारी भोलि (सोमबार) दिउँसो १ बजे संयुक्त पत्रकार सम्मेलन गरेर दिइनेछ।

सरकारले यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेर सार्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्यको निर्णय गरेपछि व्यवसायीहरु गाडी नचलाएर आन्दोलनमा उत्रिएका थिए। गाडी नचलाएपछि सरकारले हड्ताल गरेर कानूनको उल्लंघन गरेको भन्दै व्यवसायीको धरपकड गरेको थियो।

धरपकडपछि आइतबारै व्यवसायीहरुले सरकारको नीति निर्णय तथा कानूनी व्यवस्थालाई स्वीकार गर्ने प्रतिबद्धता जनाए। व्यवसायीको यस्तो प्रतिबद्धतापछि सरकारले उनीहरुलाई रिहा गरेको छ। 

‘अब उप्रान्त हामी र हामी सम्बद्ध यातायात व्यवसायलाइ प्रचलित कानुनबमोजिम दर्ता गरी सरकारको नीतिअनुकूल सञ्चालन गर्नेछा्ैं,’ यातायात व्यवसायी महासंघले सरकासँग सहमति गरेको छ, ‘यातायात क्षेत्रमा सरकारले चालेको सिण्डिकेट हटाउने कदमको स्वागत गर्दछौं।’








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad