१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जे गरेपनि जनतालाई सास्ती

यातायात सेवा बन्द हुँदा जाजरकोट—डोल्पा सडक खण्डमा पैदल यात्रा गर्दे यात्रु। तस्बिर: जनक केसी

जाजरकोट–रुट पर्मिट बिना गाडी चलाउन नपाउने भन्दै स्थानीय प्रशासनले  जिल्लाका केही सडकमा गाडी चलाउन रोक लगाएपछि स्थानीय सास्तीपूर्ण पैदल यात्रा गर्न बाध्य भएका छन्।  गाडी चल्दा यातायात व्यावसायीको चर्को भाडा र जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय यात्रु अहिले गाडी बन्द भएपछि  सास्तीपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।

रुट पर्मिट नभएका सडकमा चर्काे भाडा असुल्दै व्यावसायीले जोखिमपूर्ण ढंगले गाडी चलाएको  भन्दै  जिल्ला प्रशासन कार्यालय जाजरकोटले जाजरकोट—डोल्पा सडक खन्ड अन्तर्गत  मन्मई—तल्लुबगर सडक खण्डमा यातायात सेवा बन्द  गरेपछि  यात्रु मार्कामा परेका हुन्।

रुट पर्मिट नभएका सडकमा चर्काे भाडा असुल्दै व्यावसायीले जोखिमपूर्ण ढंगले गाडी चलाएको  भन्दै  जिल्ला प्रशासन कार्यालय जाजरकोटले जाजरकोट—डोल्पा सडक खन्ड अन्तर्गत  मन्मई—तल्लुबगर सडक खण्डमा यातायात सेवा बन्द  गरेपछि  यात्रु मार्कामा परेका हुन्।

गृहमन्त्रालयको  कडा निर्देशनपछि गाडी बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।  गाडी बन्द भएपछि  जिल्लाको उत्तरपूर्वी क्षेत्रका सयौं स्थानीय एक दिनसम्म पैदल यात्रा गर्न बाध्य भएको   खगेनकोट मनमइका स्थानीय  तिलक खत्रीले  बताए।  सुरुमा  व्यावसायीले चर्काे भाडा असुले भनेर गुनासो गर्ने स्थानीय अहिले स्थानीय प्रशासनले  गाडी बन्द गरेकोमा आक्रोशित छन्।

चर्काे भाडा तिरेरै भएपनि यात्रा गर्न  आफूहरु तयार भएको उनीहरुको भनाइ छ।  नेपाली सेनाले निर्माण गरेको सडकमा रुट पर्मिट नभएका कारण समस्या परेको बताइएको छ।  गाडी बन्द भएपछि  जाजरकोट र रुकुमका मात्र नभइ डोल्पाका स्थानीलाई पनि  यात्रामा निकै सास्ती भएको छ। 

विगतमा निकै दुर्गम र विकट मानिएको जाजरकोटको रग्दा र भगवतीका स्थानीय अहिले  फेरि सडक बन्द हुँदा मार्कामा परेका हुन्।  गाडी बन्द भएपछि स्थानीयलाई यात्रा गर्न मात्र नभइ दैनिक उपभोग्य सामाग्रीको आपूर्तिमासमेत समस्या परेको डोल्पाका लालवहादुर नेपालीले बताए। उनले  पहिले  चर्काे भाडा र अप्ठेरो गरी भएपानि गाडी चढेको तर अहिले  निकै सास्ती पाएर यात्रा गर्नु परेको उनको भनाइ छ।

नेपाली सेनाले निर्माण गरेको सो सडक खण्डमा भेरी गंगा यातायात ब्यावसायी समिति, सिस्ने हिमाल ब्यावसायी समिति र रुकुम प्रालिका १२ ओटा जीप र ५ ओटा ट्याक्टर संचालन भइरहेका थिए।  यातायात ब्यावसायीले २२ किलोमिटर दूरीको उक्त खण्डमा ४ सय बढी भाडा असुल्दै आएका थिए। कुनै पनि निर्माण कम्पनीले सडक निर्माण कार्य पूर्ण रुपमा सकेर सडक विभागलाई बाटो हस्तान्तरण गरेपछि मात्र रुटपरमिट दिने कानुनी ब्यवस्था छ।

नेपाली सेनाले  निर्माणको काम पूरा नगरेको कारण रुट पर्मिट नपाएको बताइएको छ।   रुट पर्मिट नभएका सडकमा  गाडी चल्न नदिने  सरकारी निर्णय कार्यान्वयन गर्न आफूहरुले उक्त सडकमा  गाडी बन्द गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। जनताको जिउधनको सुरक्षा र  यातायात व्यावसायीको मनमरी भाडा असुली रोक्न  रुट पर्मिट नभएसम्मका लागि गाडी बन्द  गरिएको  प्रजिअ गौतमले बताए।

  यस अघि उक्त सडकमा व्यावसायीले  प्रति किलो मिटर २० रुपैयाँ उठाउने गरेका थिए  भने  १० जनाको क्षमता भएको  जीपमा  ३० जना सम्म कोचेर   यात्रा गराउने गरेका थिए। कच्ची  र जोखिमपूर्ण  सडकमा  सास्तीपूर्ण र महंगो यात्रा गर्नु परेपछि स्थानीयले  मिडिया र स्थानीय प्रशासनसँग गुनासो  गरेका थिए।  रुट पर्मिट नभएको  भन्दै  स्थानीय  प्रशासनले  जिल्लाका विभिन्न आधादर्जन सडकहरुमा  गाडी चलाउन रोक लगाएको छ।

 

प्रकाशित: १३ भाद्र २०७३ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App