१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिण्डिकेट हटाउने शर्तमा छुटे यातायात व्यवसायी

खोटाङ– यातायात क्षेत्रमा देखिएको सिन्डिकेट तोड्नका लागि सरकारले चालेको कदम बिरुद्ध उत्रिएका खोटाङका पाँच यातायात व्यवसायी रिहा भएका छन्।

सरकारको निती निर्णय एवं कानूनी व्यवस्था अनुसार यातायात सेवा सञ्चालन गर्ने शर्तमा खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राजकुमार राई, महासचिव रामकुमार हिङमाङ, कोषाध्यक्ष गोबिन्द कट्वाल र सल्लाहकार बुद्धिबिनोद लुइँटेल रिहा भएका हुन्।

नेपाल यातायात व्यवसायी महासंघको पूर्वघोषित कार्यक्रम अनुसार जिल्लाको यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले संघका चार पदाधिकारी र सल्लाहकारलाई शुक्रबार दिक्तेलबाट पक्राउ गरेको थियो।

सरकारको नियम र कानून अनुसार यातायातका सवारी साधन चलाउने शर्तमा यातायात व्यवसायीलाई शनिबार साँझ छाडिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए। ‘सरकारको नियम कानून अनुसार सवारी साधन चलाउने अण्डरस्टेण्डिङ भो’, प्रजिअ पौडेलले भने, ‘सार्वजनिक सवारी साधन सहज तरिकाले सञ्चालन होस् भन्ने हाम्रो चाहना हो। सोही अनुसार अहिले सवारी साधन सञ्चालन भइरहेको छ।’ 

स्रोतका अनुसार सरकारले थालेको सिन्डिकेट हटाउने कदमलाई सहयोग गर्ने, यातायात व्यवसायलाई प्रचलित कानून बमोजिम दर्ता गरी सरकारको नीति अनुसार सञ्चालन गर्ने, सो बिरुद्ध गए रुट पर्मिट खारेज एवं प्रचलित कानून अनुसार कारबाही मञ्जुर गर्ने लगायतका शर्तमा व्यवसायी छुटेका हुन्। 

प्रकाशित: २३ वैशाख २०७५ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App