१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई

तस्बिरमा क्रमशः पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट, पत्रकार राजेश अहिराज र बबिता बस्नेत ।

काठमाडौं– सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराजलाई दिने निर्णय गरेको छ।

सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाको अध्यक्षतामा आइतबार सञ्चार मन्त्रालयमा बसेको बैठकले विष्ट र अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान बबिता बस्नेत, कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई दिने निर्णय गरेको हो।

राष्ट्रिय पत्रकारिता पुरस्कारको राशी २ लाख र वरिष्ठ पत्रकार सम्मानको १ लाख रहेको छ। विष्ट र अहिराजले २–२ लाख पाउनेछन् भने बस्नेत, चेम्जोङ र बुढाथोकीले समान १–१ लाख पाउनेछन्। 

प्रकाशित: २३ वैशाख २०७५ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App