बाइरोडको बाटोमा

उदारवादको अन्त्य

आइतबार, २३ बैशाख २०७५, ११ : ३९ गुणराज लुइँटेल  | @gunaraj

रिचर्ड एन हासको चैत ७, २०७४ मा प्रकाशित प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित लेखको शीर्षक आफैंँमा पर्याप्त छ– ‘लिबरल वल्र्ड अर्डर, आरआइपी’ अर्थात् उदार विश्व व्यवस्था, आत्माले शान्ति पाओस्।’ लेखमा फ्रान्सेली दार्शनिक एवं लेखक भोल्तेयरले पवित्र रोमन साम्राज्यलाई न पवित्र न रोमन न साम्राज्य भनेजस्तै गरी अहिलेको उदार विश्व व्यवस्था न उदार न विश्वव्यापी न व्यवस्था भन्दै आलोचना गरिएको छ।

विश्वव्यापीरूपमा लोकरिझ्याइँले अतिवादी नेतृत्व स्थापित हुन थालेपछि उदारवादी व्यवस्था राज्य र विश्व व्यवस्थामै क्रमशः कमजोर हुन थालेका छन्। उदार विश्व व्यवस्थाको हर्ताकर्ता अमेरिका अहिले आफैँं यसको प्रभावमा परेको छ । उदार विश्व व्यवस्थाको धुरी मानिने अमेरिकामा डोनाल्ड ट्रम्पको उदय र उनको ‘अमेरिका पहिलो’ नारासँगै सात दशकभन्दा अघिदेखिको आफ्नो विरासत रहेको उदार विश्व व्यवस्था छाडेको अर्थ लगाउन थालिएको छ।

‘मेरो उद्देश्य अमेरिकाको मात्र आलोचना गर्नु होइन । इयु, रसिया, चीन, भारत र जापानलगायत आजका अन्य प्रमुख शक्तिहरूलाई उनीहरूले जे गरिरहेका छन्, जे गरिरहेका छैनन् र दुवैका निम्ति आलोचना गर्न सकिन्छ’, हासले लेखेका छन्– तर, अमेरिका अरुजस्तै एउटा अर्को देशमात्र होइन । यो उदारवादी विश्व व्यवस्थाको प्रमुख रचनाकार र त्यसलाई अघि बढाउने प्रमुख मुलुक पनि उही थियो । यसको प्रमुख लाभग्राही पनि उही थियो।

प्रायः सबैजसो मुलुकमा यतिबेला अतिवादी नेतृत्वको उदय भइसकेको छ । खासगरी ‘समृद्धि’ र ‘स्थायित्व’ को गुलियो चास्नीमा उदाएका नेताहरूद्वारा उदारवादी व्यवस्थालाई देश–देशमै सिध्याइँदैछ।

प्रायः सबैजसो मुलुकमा यतिबेला अतिवादी नेतृत्वको उदय भइसकेको छ । खासगरी ‘समृद्धि’ र ‘स्थायित्व’ को गुलियो चास्नीमा उदाएका नेताहरूद्वारा उदारवादी व्यवस्थालाई देश–देशमै सिध्याइँदैछ। उदारवादका निम्ति जसले काम गर्नुपर्ने हो र जो त्यसबाट लाभान्वित हुन्थ्यो, त्यसले आफूलाई अलग गरिसकेको छ। सबैजसो मुलुकमा आर्थिक उन्नतिको नाराले सर्वसाधारणलाई आकर्षित गरेको छ। कारण प्रष्ट छ– धनी झन् धनी भएका छन्, गरिब झन् गरिब । समृद्धिको नाराले यसैकारण सबैलाई छोएको छ।

उदारवादी व्यवस्था निम्ति लडेका यस्ता व्यक्ति नेतृत्वमा पुगेपछि यसलाई शत्रु ठान्न थाल्छन् । खासगरी प्रजातान्त्रिक शासन व्यवस्था यस्ता नेतालाई अपाच्य हुन थालेको पनि देखिन थालेको छ। द न्युयोर्क टाइम्सले चैत २५, २०७४ प्रकाशित गरेको रोगर कोहेनको विचार ‘हाउ डेमोक्रेसी बिकम द इनिमी (कसरी प्रजातन्त्र शत्रु भयो) मा हंगेरीका प्रधानमन्त्री भिक्टोर ओरबान र उनको पार्टीले अहिले कसरी उदार लोकतन्त्रलाई बैरी मान्न थालेको छ भन्ने विश्लेषण गरेका छन् । युवा बेलामा उनी ‘वोल्सेभिकवाद’ विरुद्ध लडेका थिए। पश्चिमा उदार प्रजातन्त्र निम्ति लडेका उनका निम्ति अहिले यो उनको शत्रु मात्र बनेको छैन यसलाई ‘इल्लिबरल डेमोक्रेसी’ अर्थात् ‘अनुदार प्रजातन्त्र’ भनेर लाजै नमानी नामकरण गर्नसमेत पुगेका छन्।

यसअघि आठ वर्ष शासनमा रहिसकेका ओरबान फेरि अर्को कार्यकालका निम्ति निर्वाचित भइसकेका छन्। उदार प्रजातन्त्रविरुद्ध उनले बनाएको ‘टेम्प्लेट’लाई कोहेनले यसरी उल्लेख गरेका छन्– ‘स्वतन्त्र न्यायालयलाई ‘न्युट्रलाइज’ (भुत्ते) बनाऊ, मिडियालाई अधिनमा ल्याऊ, आप्रवासीको दानवीकरण गर, याराना पुँजीवाद (क्रोनी क्यापिटालिज्म) मार्फत् नवहजुरिया कुलिन (एलिट) बनाऊ, ऐतिहासिक स्मृतिलाई तोडमोड गरी पीडित र नायकत्वको राष्ट्रिय व्याख्यानलाई सशक्त तुल्याऊ । ‘जनइच्छा’ का नाममा संवैधानिक सन्तुलन र नियन्त्रणलाई उछिन।’

सानोतिनो आलोचनासमेत खप्न नसकी प्रेसकै विरुद्ध खनिन सक्ने वातावरण पनि बनाइन सक्छ । निर्वाचन लडेदेखि सरकारको नेतृत्व गरेयता ‘अधिनायकवाद’ आउन नसक्ने धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्दै आएका छन् । त्यसैमा अरुले स्वर पनि थप्दैछन् तर यी अभिव्यक्ति अकारण आएका छैनन्।

उदार प्रजातान्त्रिक व्यवस्थाअन्तर्गतका निर्वाचनमा जनताले अत्यधिक मत दिए पनि त्यसको दुरुपयोग गर्नुहुन्न भन्ने मान्यता रहन्छ । जनताले हामीलाई जिताइसके अब जे गरे पनि हुन्छ भन्ने मान्यता राख्नु यसका आधारभूत तत्व नबुझ्नु हो। प्रजातन्त्र÷लोकतन्त्रका ‘सिम्पल कन्भिक्सन’ अर्थात् ‘सामान्य मान्यता’का आधारमा हामीकहाँ पनि २०६२/६३ आन्दोलन भएको हो । तत्कालीन आन्दोलनका नायक नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रको व्याख्या धेरै शब्दबिनै गर्ने गरेका थिए। यसैमा तत्कालीन सात दल र पछि माओवादीको समेत सहभागिताले सफलता हासिल भएको हो।

आन्दोलन सफलतामा पुग्नुअघि महिनौं दिन पुतलीसडक नजिकैको खसीबजारमा आन्दोलनमा आएका नेताहरूलाई प्रहरी ट्रकमा हालेर लगेपछि आन्दोलन सकिने गरेको दैनिकीबाट आमजनताको सहभागिताबाट मुलुकमा लोकतन्त्र स्थापना भएको हो। आन्दोलन उठ्न नसकेपछि कानुन व्यवसायी, पत्रकार, चिकित्सक, मानव अधिकारवादीलगायतले यसमा योगदान गरेका थिए। बिस्तारै आन्दोलन उठ्यो र थामिनसक्नुको अवस्था आएपछि नेताहरूलाई फेरि त्यसको नेतृत्व प्राप्त भएको हो।

वैयक्तिक स्वतन्त्रताका निम्ति गरिने सामान्य विश्वासले नै प्रजातन्त्रलाई अन्य सबै व्यवस्थाभन्दा उत्कृष्टतामा राखेको हो। तर अहिले अमेरिका, फिलिपिन्स, हँगेरी, रसिया, टर्कीलगायतका मुलुकमा अनुदारवादी नेताहरूका कारण प्रजातन्त्रका आधारभूत पक्षमा रोक लागेको अवस्था छ।

स्वतन्त्रता कति प्रिय थियो र त्यसलाई हासिल गर्न त्यो बेला गर्नुपरेको संघर्षबारे पछिल्लो पुस्ताका युवाहरू धेरै जानकार छैनन्। हामीले २०४६ अघि वा २०६२ मा भोगेको अवस्थाबारे पनि धेरैले आफूलाई विस्मृतितर्फ लगिसकेको देखिन्छ। तर संसारभरि नै उदारवादी व्यवस्थाविरुद्ध आक्रामक व्यवहार हुन थालेको देखिँदैछ। उदारवादविरुद्ध सक्रिय व्यक्तिहरूको रोमाञ्चकताले विस्तारै संविधानका सन्तुलन र नियन्त्रण व्यवस्था कमजोर हुँदै जान थालेका छन् ।

अहिलेसम्म हाम्रो मुलुकको पछौटेपनका निम्ति कसै न कसैलाई जिम्मेवार ठह-याउने गरिएको छ । त्यो पछौटेपनका निम्ति कहिले राजालाई जिम्मेवार ठह-याइन्थ्यो त कहिले विदेशीलाई । पछिल्ला वर्षमा हाम्रो पछौटेपनको जिम्मेवार छिटोछिटो परिवर्तन हुने सरकारलाई मानिएको छ । सुविधाजनक बहुमतको सरकारले निश्चित समय काम गर्न पाएपछि त्यसले विकासको गति अघि बढाउने विश्वासले मूर्त रूप लिने हो÷होइन? प्रश्न उठ्न थालेका छन्।

अहिले ध्यान संघ/संगठनले काम गर्न दिएनन् भन्नेतर्फ जाँदैछ । त्यसो भयो भने अहिलेसम्म काम गर्दै आएका संघ/संस्थालाई अप्ठ्यारोमात्र पर्ने छैन, संगठनको अधिकारमाथि आक्रमण हुनेछ। सानोतिनो आलोचनासमेत खप्न नसकी प्रेसकै विरुद्ध खनिन सक्ने वातावरण पनि बनाइन सक्छ । निर्वाचन लडेदेखि सरकारको नेतृत्व गरेयता ‘अधिनायकवाद’ आउन नसक्ने धारणा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्दै आएका छन्। त्यसैमा अरुले स्वर पनि थप्दैछन् तर यी अभिव्यक्ति अकारण आएका छैनन्।

सरकारको कामलाई अघि बढाउन पेलेर जानुपर्छ भन्ने मान्यता हामीकहाँ पनि आउन सक्छ । विकास–निर्माणको काम अघि बढ्छ भने यसमा धेरै टाउको दुखाउनु हुँदैन भन्ने मान्यताले हामीकहाँ बिस्तारै बल प्राप्त गर्दै गएको छ। तर, मुलुकको प्रगतिका निम्ति उदार प्रजातान्त्रिक मूल्य/मान्यतालाई कमजोर बनाउन थालियो भने त्यसैबाट अधिनायकत्वको इच्छा जागृत हुन सक्छ।

उदार प्रजातन्त्र त्यतिबेला कमजोर हुन्छ जतिबेला यसका संस्थाहरू कमजोर हुन थाल्छन्। प्रमुख विपक्षी नेपाली कांग्रेस आफैँ यतिबेला कमजोर अवस्थामा छ। गत निर्वाचनको पराजयको जिम्मेवारी कसले लिने भन्नेमै यसका महिनौँं बितिसकेका छन्। तर भित्रभित्रै कांग्रेस नेताहरूले भन्न थालिसकेका छन्– ‘प्रेस पनि डराइसक्यो।’ यो स्थिति नेपालको मात्र होइन, विश्वभरि लोकरिझ्याइँ गर्न जान्ने सरकारहरूबाट उदार लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थालिसकेको छ । उदार लोकतन्त्रलाई बचाउने उपायका बारेमा छलफलसमेत हुन थालिसकेको छ।

टोरन्टो स्टार अनलाइन संस्करणको चैत २८, २०७४ प्रकाशित बब हेपबर्नको आलेख ‘तपार्इँ कसरी उदार प्रजातन्त्र जोगाउन सहयोगी बन्न सक्नुहुन्छ’ मा तीन खतरा उल्लेख गरिएको छ। पहिलो, सामाजिक सञ्जाल र इन्टरनेटले फेक न्युज (नक्कली समाचार), अतिवादी विचार र घृणाका अभिव्यक्ति (हेट स्पिच) । दोस्रो, धेरै मानिसले आफ्नो जीवनस्तरमा सुधार नआएको र भविष्य असुरक्षित भएको महसुस गर्नु। तेस्रो, आमआप्रवासनका कारण सर्वसाधारणले आफ्नो आधार खल्बलिन थालेको महसुस गर्नु। आजको विश्वमा प्रत्येक सयमा एकजना आप्रवासी वा आन्तरिकरूपमा विस्थापित हुनु भनेकै उदार विश्व व्यवस्था थप खल्बलिनु हो।

वास्तवमा सार्वजनिक ‘स्पेस’ बिस्तारै साँघुरिन थालेको महसुस हुन थालेको छ । सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न रोक लाग्नुले मात्र ‘स्पेस’ साँघुरो पार्दैन, अचेल अनलाइनमा समेत धेरैले आफूलाई असुरक्षित महसुस गर्न थालिसकेका छन्। त्यतिमात्र होइन, कुनै पनि व्यक्तिविरुद्ध अनलाइनमा खनिने वा ‘ट्रोल आर्मी’ को आक्रमणमा पर्ने खतरा उत्तिकै हुन्छ । त्यही भएर धेरै मानिस बिस्तारै आफ्ना लागि उदार वातावरण खुम्चिँदै गएको महसुस गर्ने अवस्थामा पुगिसकेका छन्।

त्यसमा पनि आफैंँले निर्वाचित गरेको सरकार लोकतन्त्रका संस्थाविरुद्ध खनिन थाल्यो भने त्यसले स्वाभाविकरूपमा उदार व्यवस्थालाई अरु कमजोर बनाउँछ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले लोकरिझ्याइँका आधारमा गरिरहेका कामले उदार ‘स्पेस’ लाई साँघुरो बनाएको महसुस त्यहाँ भएको छ। सतहमा भने यस्ता नेता अत्यन्तै लोकप्रिय भएको देखिन्छ। यथार्थमा तिनले लोकतन्त्रका संस्था भत्काउँछन् र संविधानको सन्तुलन तथा नियन्त्रणलाई कमजोर तुल्याउँछन्।

‘अमेरिकामा आफ्नै राष्ट्रपतिबाट मिडिया, अदालत र कानुन कार्यान्वयन गर्ने निकायमाथि यसअघि कहिल्यै नभएको आक्रमणको सामना गर्नु परिरहेको छ’– हास आफ्नो लेखमा उल्लेख गर्छन्। उदार व्यवस्थामाथिका यी आक्रमणलाई अवलोकन र मनन् गरौंँ।






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad