१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्व सांसद कार्कीको निधनप्रति शोक

काठमाडौँ- व्यवस्थापिका–संसद्ले पूर्व सांसद बालाराज कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।  बैठकले पूर्व कार्कीको निधनप्रति एक मिनेट मौनधारण गर्नुका साथै उनको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

पूर्व सांसद कार्कीको यही भदौ १० गते उपचारका क्रममा ८३ वर्षको उमेरमा राजधानीमा निधन भएको थियो । विसं २०१७ देखि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका उहाँ २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

पूर्व सांसद कार्की २०३१ सालबाट भारत प्रवास बसी स्व गिरिजाप्रसाद कोइरालासँग २०३७ सालमा आममाफीपश्चात् स्वदेश फर्केका थिए ।
संसद् बैठक आधा घन्टाका लागि स्थगित भएको छ । रासस

प्रकाशित: १३ भाद्र २०७३ ०६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App