१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ठगी गर्न नपाएपछि प्रहरीविरुद्ध लागे व्यवसायी

काठमाडौं– ठगी गर्न नपाएपछि राजधानीको मुख्य सहर दरबारमार्गका व्यवसायी प्रहरीविरुद्ध एकजुट भएका छन्। ग्राहक ठगेर मोटो रकम असुल्ने व्यापारी आफ्नो धन्दा कायम गराउन प्रहरी विरुद्ध एकजुट भएका हुन्। उसो त ५ हजार पर्ने जुत्ता २५ हजारमा बच्ने गरेको रहस्य यसअघि नै बाहिर आइसकेको छ। यस्तो लुट दरबारमार्गमा विभिन्न व्यापार व्यवसायमा भइरहेका बेला डीएसपी दानबहादुर मल्ल दरबारमार्गको प्रहरी प्रमुख भएर अाएपछि ठगी धन्दा गर्ने व्यवसायीहरु आतंकित बन्दै गएका छन्।

मल्ल प्रहरी प्रमूख भएर आएपछि यौन व्यवसाय,  ठगीधन्दा, पर्यटकमाथि लुटपाट, गुण्डागर्दी हुने ठाउँमा उनले विशेष अपरेशन सञ्चालन गरेका थिए। डिएसपी मल्लको अपरेशनपछि यौन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु उनीविरुद्ध एकजुट भएका छन्।

२ महिनाको अवधिमा डिएसपी मल्लले ठगी धन्दा, यौन व्यवसाय, लुटपाट र गुण्डागर्दी गर्ने करीब १०० जनालाई पक्राउ गरी मुद्दा चलाउन अदालत पेश गरेका छन्। आफ्ना होटल तथा रेष्टुँरामा यौन व्यवसाय सञ्चालन गर्न नपाएपछि व्यवसायी मल्लविरुद्ध आक्रोशित बनेका हुन्। 

गत हप्ता एक अभियुक्तलाई हिरासतमा राख्दा उनलाई लगाएको गहना सूरक्षाका लागि प्रहरीले राखिदिएको थियो। उक्त घटनालाई प्रहरीले गहना नियन्त्रणमा लिएको प्रचार गरेर व्यवसायीहरु उनीविरुद्ध लागेका हुन्।

यसभन्दा अघि ठगी धन्दाका लागि प्रहरीसँगै मिलेमतो हुने गरेको रिपोर्ट पाएका डिएसपी मल्लले सबै खालका प्रलोभनमा नपरी अपरेशन चलाएपछि व्यवसायका नाममा ठगीधन्दा गर्नेहरु एकत्रित भएका हुन्। ‘प्रहरीलाई मोटो रकम दिएर आफ्नो ठगीधन्दा चलाउने गरेकाहरु डिएसपी सापको एक्सनपछि आत्तिएका छन्’ एक प्रहरी अधिकृतले भने, ‘आफ्नो बचाउका लागि अहिले उनीहरु मोर्चाबन्दीमा लागेका छन्। तर, हामी कुनै पनि हालतमा अपराधलाई छुट दिनेवाला छैनौं।’

दरबारमार्गमा चिया पसल गर्ने ५१ वर्षीय सन्तध्वज तामाङले भने, ‘बल्ल राज्य भएको अनुभूति भएको छ। पहिले यति धेरै कुटपिट र गुण्डागर्दी हुने यो ठाउँ अहिले सुनसान छ।’ तामाङ मात्रै होइन, धेरैजसो साना व्यवसायी र सर्वसाधारण प्रहरीको अपरेशनले ढुक्क बनेका छन्।

प्रहरीले दरबारमार्ग र आसपासको क्षेत्रमा निगरानी बढाएपछि ठगीधन्दा, गुण्डागर्दी र चोरी डकैतीका घटनामा कमी आउन थालेका छन्। प्रहरी वृत्तले सिभिलमा प्रहरी परिचालन मात्र गरेको छैन, मुख्य नाकाहरु नियमित निगरानी र अवैध धन्दा हुनसक्ने ठाउँहरुमा अपरेशनलाई पनि तिब्रता दिएको छ।

प्रकाशित: २२ वैशाख २०७५ १६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App