१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पैँतिस लाखको क्षति

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट ३५ लाखभन्दा बढीको क्षति भएको छ। एक साताको अवधिमा नगरपालिका क्षेत्रभित्र भएको आगलागी, असिनापानी र हावाहुरीका कारण सो क्षति भएको हो। 

आगलागीबाट चार परिवारको घर जल्दा ६ लाख बढीको नोक्सानी भएको नगरपालिकाका नगर प्रमुख दीलबहादुर ऐरले बताए।  हावाहुरीबाट घरको छानोमा राखेका टायल फुटालेको र घरको छानोमा रुख ढल्दा आठ परिवारले चार लाख बढीको क्षति व्यहोरेका छन्। 

यसैगरी, हावाहुरीसँग आएको असिना पानीले व्यावसायिक खेतीमा लागेका किसानको तरकारी बाली र फलफूल खेतीमा २५ लाख बढी क्षति भएको नगरपालिकाले जनाएको छ। 

प्राकृतिक विपद्बाट पीडित वनेका परिवारले क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि प्रहरीको मुचुल्कासहित नगरपालिका कार्यालयमा निवेदन दिएका छन्। विपद्को चपेटामा परेका सबै परिवार विपन्न समुदायका छन्।    (रासस)

प्रकाशित: २२ वैशाख २०७५ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App