१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन्।

तालीम सेमिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवा ग्राही मर्कामा परेका हुन्।

वैशाखको ७, ८ र ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको तालीममा सहभागी हुन गएका त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, नासु हीराचन्द्र धरला र लेखापाल पदमप्रसाद खनाल कार्यालयमा नफर्केपछि विभिन्न योजनाको फरफारकको लागि आउने उपभोक्ता समितिका पदाधिकारी नगरमा आउँदै खाली हात फर्कंदै गर्ने गरेका छन्।

नगरपालिकाका नायब सुब्बा चन्द्रपसाद बुढथापा र लेखापाल पदमप्रसाद खनाल नगरपालिकाको डोजर खरिदका लागि भन्दै जिल्ला बाहिर गएको लामो समयसम्म कार्यालयमा नफर्केपछि अहिले नगरपालिकामा सामान्य सिफारिस बाहेक अन्य काम नहुँदा सर्वसाधारण खाली हात फर्कने गरेको र केही कर्मचारी कार्यालय कुरेर बस्नुको विकल्प नभएको निमित्त कार्यालय प्रमुख नासु जयशंकर धितालले बताए।

त्रिपुरासुन्दरी नगरपालिकामा स्थायी अस्थायी तथा करार गरेर ५१ जनाको कर्मचारी भए पनि केही ११ वार्डका कार्यालय सहयोगी सहायक र कृर्षी र पशु कार्यालयका केही कर्मचारी बाहेक अन्य कर्मचारी कार्यालयमा हाजिर भएको देखिदैन । त्रिपुरासुन्दरी नगरपालिकाका ११ वडामध्ये ९, १० र ११ वडाका सचिव तथा निमित्त कार्यालय प्रमुख जयशंकर धिताल बाहेक नासु सो सरहका कुनै पनि कर्मचारी नहुँदा वडामा सिफारिस गर्न समेत समस्या पर्ने गरेको बताइएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालय सामान्य रहेको वडा नं १ का सचिव नासु दीलीपकुमार चन्द गत फागुनको पहिलो साताबाटै जिल्ला बाहिर गएकोमा हालसम्म नआउँदा कार्यालको कामकाजमा समस्या पर्ने गरेको वडा अध्यक्ष कर्मसिंह थापाले बताए।

सिंहदरबारको अधिकार गाउँ÷गाउँमा आयो भन्थे तर नगरको कार्यशैली र नगरप्रतिनिधिको चालामाला हेर्दा के सिहदरबारको अधिकार आउथ्यो केवल सिंह मात्र आएको भान हुनथालेको छ सामान्य सिफारिसको लागि पहिला वडामा हुन्थ्यो तर अहिले नगरमा आउनु परेको छ गाउँमा सचिव छैनन् उनले थपे।

डोल्पा जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कर्मचारी र सुविधा सम्पन्न नगरपालिकाको रुपमा रहेको त्रिपुरासुन्दरी नगरपालिकामा समेत नियमित कर्मचारीको व्यवस्थापन र जनप्रतिनिधिको गम्भीरता नहुँदा आफूहरुले स्थानीय सरकारको अनुभूति पाउन नसकेको समेत सर्वसाधारणले गुनासो पोख्न थालेका छन्। रासस

प्रकाशित: २२ वैशाख २०७५ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App