१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अाेली र माेदीले संयुक्तरूपमा अरुण तेस्रोको शिलान्यास गर्ने

काठमाडौं- सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदीले वैशाख २८ र २९ गते नेपालको भ्रमण गर्ने जनाएको हो। मोदीकाे सैनिक मञ्च टुँडीखेलमा गार्ड अफ अनरले सम्मान गरिने विज्ञप्तिमा जनाइएकाे छ।

नेपाल भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नेछन्। नेपाल आएकै दिन दुई देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्तासमेत हुने बताइएकाे छ। यस्तै भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यास गर्ने जनाइएको छ।

परराष्ट्रका अनुसार नेपाल बसाइका बेला भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नेछन्।

प्रकाशित: २१ वैशाख २०७५ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App