१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘सबै ग्राहकको व्यवहार राम्रै लाग्छ’

भूकम्प गएको एक वर्षपछि सिन्धुपाल्चोक चौताराकी भगवती कुँवर  कामको खोजीमा राजधानी आइन्। अहिले उनी सूर्यविनायक चोकमा तरकारी पसल थापेर घरखर्च चलाउदै छिन्।

गाउँघरका किसानले ल्याएको तरकारी किनेर चोकमा बसेर बेच्दै आएको उनले सुनाइन्। उनका दुई सन्तान छन्। तरकारी पसलकै आम्दानीबाट सन्तानको  पढाई खर्च जुटेको सुनाइन्। उनी विशेष गरेर सिजनका तरकारीहरू बेच्छिन्। सागमा प्रायःजसो तोरी, रायो, चम्सुर, सुप, धनियालगायत बेच्ने गरेको उनले सुनाइन्।

पसलमा आउने ग्राहकहरूको मान्छेपिच्छे बोल्ने शैली र व्यवहार फरक भएको उनको बुझाई छ। कोही मोलमोलाई गर्छन त ‘कोही भनेजतिनै दिन्छन्,’उनी सुनाउछिन्। तर उनलाई कसैप्रति पनि गुनासो छैन। किनकी ग्राहककै कारण उनको व्यापार चलेको छ। त्यसैले सबै ग्राहकप्रति उनको समभाव छ। ‘मलाई त  सबैको व्यहवार राम्रै लाग्छ,’ उनले भनिन्।

प्रकाशित: २१ वैशाख २०७५ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App