१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आन फुटसल हुने

काठमाडौं – नेपाल विज्ञापन संघ (आन)को आयोजनामा सोमबारबाट नेपाल आइस आन फुटसल प्रतियोगिता हुने भएको छ।

सानेपाको फिल्ड फुटसलमा २९ गते सम्म चल्ने प्रतियोगितामा विज्ञापन एजेन्सी, संचारगृह र विभिन्न व्यावसायिक प्रतिष्ठानका गरी कुल ३२ टोलीको सहभागीता रहने आनका अध्यक्ष रबिन्द्र कुमार रिजालले बिहीबार पत्रकार सम्मेलनमा बताए।

‘विज्ञापन एजेन्सी, संचारगृह र व्यावसायिक प्रतिष्ठानबीच सद्भाव र भाइचारको सम्बन्ध अभिवृद्धि गर्न यो प्रतियोगिता आयोजना गरिएको हो,‘रिजालले भने, ‘पहिलो संस्करणमै उल्लेख्य टोलीको सहभागीताले  हामी हौसिएका छौं। आगामी दिनमा यस प्रतियोगितालाई थप विस्तार गर्दै लैजाने छौ।’

सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष  दुई टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० र तेस्रो स्थानको टोलीले ३० हजार रुपैयाँ हात पार्नेछन्।

प्रकाशित: २१ वैशाख २०७५ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App