१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धनगढीमा प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय

काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबार धनगढीमा प्रदेश कार्यालय खोलेर कारोबार सुरु गरेको छ। प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सेवा उद्घाटन गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सिइओ), विभागीय प्रमुख तथा प्रदेश ७ का विभिन्न निकायका व्यक्तित्व र स्थानीयको उपस्थिति रहेको कम्पनीले जनाएको छ।

मुख्यमन्त्री भट्टले नेपालमा जीवन बिमाको सम्भाव्य बजार धेरै भएकाले बिमा कम्पनीहरुले थप उत्तरदायी भएर सहज रुपमा जीवन बिमा सेवा उपलब्ध गराउन विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ। प्रदेशहरुमा नयाँ बिमा कम्पनी सञ्चालनमा आउँदा थप रोजगारीका अवसर सिर्जना हुने र बिमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने उनको धारणा थियो।

कम्पनी अध्यक्ष रामबहादुर पाण्डेले जीवन बिमालाई गाउँसम्म पु-याउने उद्देश्यले कम्पनी स्थापना भएको बताउँदै बिमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरे।

‘हामी सहरसँगै गाउँसम्म जीवन बिमा विस्तार गर्नेछौं। गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बिमा नीति ल्याउनेछौं,’ अध्यक्ष पाण्डेले भने, ‘हाम्रो उद्देश्य परम्पराभन्दा माथि उठेर व्यवसाय गर्ने हो।’

कम्पनीका निमित्त सिइओ किशोरप्रसाद लामिछानेले कम्पनीले १९ शाखाबाट सेवा दिइरहेको जानकारी गराए।

दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन्। कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७५ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App