१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव

काठमाडौं—बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गरिएको छ। शान्तिका अग्रदूत भगवान् गौतम बुद्धले शान्ति, विपश्यना र भाइचारका लागि दिएको सन्देशलाई विश्वभर फैलाउन संयुक्त राष्ट्र सङ्घमा सो प्रस्ताव लैजान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सो प्रस्ताव गरिएको हो।

हरेक वैशाख पूर्णिमामा सो जयन्ती नेपालमा मनाइन्छ। २९ वर्षको दरबार त्यागेर हिँडेका सिद्धार्द्धले विपश्यना ध्यान विधिद्वारा बुद्धत्व प्राप्त गरेका थिए।

अन्तर्राष्ट्रिय योग दिवसको मूल समारोह समितिको गत साता भएको बैठकमा समितिका संयोजक तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सो प्रस्ताव गरेका हुन्। आज सो दिवस मनाउन आयोजित कार्यक्रममा पनि मन्त्री पोखरेलले सोबारे पुनः ध्यानाकर्षण गराएका हुन्।

नेपाली भूभागमा योग र ध्यानको उत्पत्ति भए पनि त्यसलाई विश्वव्यापीकरण गराउन आफूले सो प्रस्ताव गरेको मन्त्री पोखरेलले बताए। रासस

प्रकाशित: ८ असार २०७३ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App