१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करणी उद्योग आरोपी युवक पक्राउ

इलाम – ७८ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा २३ वर्षे युवक पक्राउ परेका छन्। पक्राउ परेका रोङ गाउँपालिका–४ का युवक सुदीप गुरुङलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्लाको रोङ गाउँपालिकाकी ७८ वर्षीया वृद्धामाथि करणी प्रयास गरेको भन्दै पीडितकी छोरीले प्रहरीमा उजुरी गरेकी थिइन्। चिकित्सकको रिपोर्ट र पीडित महिलाको बयानलाई आधार मान्दा वृद्धामाथि बलात्कार भएको नभई बलात्कार प्रयास मात्र भएको देखिएको जिल्ला प्रहरीका डिएसपी रमेश बस्नेतले बताए। ‘चिकित्सकको रिपोर्ट आएको छ, वृद्धामाथि बलात्कार नै भएको चाहिँ रिपोर्टमा देखिँदैन,’ उनले भने, ‘बलात्कार प्रयास गरेको भन्नेबारे अनुसन्धान जारी छ।’

पक्राउ परेका युवक गाउँमा जाँड–रक्सी पिएर हो–हल्ला गर्दै, चोरीचकारी गर्दै हिँड्ने गरेको गाउँलेले बताएको बस्नेतले जनाए। वृद्धामाथिको घटना चाहिँ कतिसम्मको हो भन्नेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ। पीडित वृद्धा अहिले झापाको बिर्तासिटी अस्पतालमा उपचारत रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ‘पीडित वृद्धा बोल्न सक्ने भएकी छिन्, अस्पतालमा उपचार भइरहेको छ,’ बस्नेतले भने।

घरमा एक्लै सुतिरहेकी रोङ गाउँपालिका–१, कटहरेकी वृद्धा गत आइतबार राति अपरिचित व्यक्तिबाट बलात्कृत भएको खबर प्रहरीमा आएको थियो। तर, बलात्कार गर्ने उद्देश्यले आएका युवकको जबर्जस्तीले वृद्धाको जिब्रोमा चोटसमेत लागेको प्रहरीले जनाएको छ। राति १०–११ बजेतिर छाप्रो घरमा सुतिरहेकी वृद्धा चिच्याएको आवाज आएपछि नजिकैको अर्काे घरमा सुतिरहेका छोरा गएर हेर्दा उनलाई घाइते अवस्थामा भेटेका थिए। पीडित वृद्धाकै छोरीले भोलिपल्ट उपचारका लागि अस्पताल लगेपछि घटनाको सूचना बाहिर आएको हो।

प्रकाशित: २० वैशाख २०७५ ०६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App