१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुल ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

रोमा – इटालियन क्बल रोमालाई हराउँदै इङलिस क्लब लिभरपुल ११ वर्षपछि च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि लिभरपुलले सर्वाधिक सफल टोली रियल मड्रिडको सामना गर्नेछ। 

प्रतियोगिताअन्तर्गत रोमाको घरेलु मैदानमा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा लिभरपुल ४–२ ले पराजित भएपनि समग्रमा ७–६ को अग्रता बनाउँदै फाइनलमा पुग्न सफल भएको हो। 

घरेलु मैदान एन्डफिल्डमा भएको पहिलो लेगमा ५–२ को जित निकालेको लिभरपुल दोस्रो लेगमा भने हार ब्यहोर्न बाध्य भयो। नाटकीय खेलमा लिभरपुलविरुद्ध रोमाले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लिएको थियो। तर १५ औं मिनेटमा मिल्नरले आफ्नै पोष्टमा गोल गरेपछि रोमाले खेलमा बराबरी गर्यो। 

२५ औं मिनेटमा जिर्जिनियो भेनाल्डमले ले गोल गर्दै फेरी लिभरपुललाई अग्रता दिलाए। तर त्यसपछि रोमाले लिभरपुलको पोष्टमा एकपछि अर्को प्रहार गर्दै तीन गोल फर्कायो। जसका कारण खेल निकै रोमाञ्चक बनेको थियो।

५२ औं मिनेटमा इडेन जेकोले रोमाका लागि गोल गर्दा ८६ औं र इन्जुरी समयमा राजा नाइनगोलनले लगातार दुई गोल गरे। तर त्यसपछि रोमालाई थप गोल फर्काउन समय पर्याप्त भएन र लिभरपुलले २००७ पछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनायो।

अब लिभरपुलले उपाधिका लागि रियलसँग यही मे २६ तारिखमा युक्रेनको राजधानी किभ शहरमा प्रतिस्पर्धा गर्नेछ।रियलले बार्यनलाई हराउँदै लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। रियलले १२ र लिभरपुलले ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। 

प्रकाशित: २० वैशाख २०७५ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App