१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेञ्चुरीमा गौतम

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तुलसीराम गौतम नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले बुधबार गौतमलाई सिइओ नियुक्त गरेको हो।

नवनियुक्त सिइओ गौतमलाई बैंक सञ्चालक समिति तथा कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरेका थिए । गौतमले नेपाल बैंकबाट बैंकिङ यात्रा सुरु गरेका हुन्।३४ वर्षे बैंकिङ करिअरमा उनले नेपाल बैंकमा १३ वर्ष, नेपाल इन्डोस्वेज बैंकमा सात वर्ष, नेपाल एसबिआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा चार वर्ष काम गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २० वैशाख २०७५ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App