१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोदीको स्वागतमा युवाले गरे काठमाडौंमा प्रदर्शन

तस्बिर : मुकुन्द कालिकोटे

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको स्वागतमा बुधबार राजधानी काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन्। कञ्चनजंघा सोसल वेलफेयर फाउण्डेशनद्वारा माइतीघर मण्डलामा आयोजित कोणसभामा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल होस भनी कामना गरिएको हो।

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन्। नेपाल भ्रमणको क्रममा उनी जनकपुरको जानकी मन्दिर र मुक्तिनाथ पनि जाने कार्यक्रम रहेको छ।

फाउण्डेशनका प्रमुख विकास ठाकुरको संयोजकत्वमा युवाहरुले ‘नेपाल–भारत सम्बन्ध अमर रहोस’ भन्ने टिसर्ट लगाएर मोदीको भ्रमणको पूर्ण स्वागतको सांकेतिक प्रदर्शन गरेका थिए। युवाहरुले पहिरिएको टिसर्टमा भनिएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूमा जानकी र बाबा पशुपतिनाथको पावन हार्दिक स्वागत गर्दर्छौं।’

फाउण्डेशनले विहीबार दिउँसो चार बजे गौशलास्थित पशुपतिनाथ मन्दिर परिसरमा पनि मोदीको भ्रमणको स्वागत र सफलता कामना गर्दै सांकेतिक प्रदर्शन गर्ने संयोजक ठाकुरले बताए।

प्रकाशित: १९ वैशाख २०७५ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App