१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बुटवलमा पहिलोपटक रोजगार मेला

बुटवल – बुटवलमा पहिलो पटक रोजगार मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आायोजामा र अन्तराष्ट्रिय श्रम संगठन आइएलओको आर्थिक सहयोगमा २१ गतेदेखि २३ गतेसम्म रोजगार मेला लाग्ने भएको हो । 

आयोजकका अनुसार मेला बुटवल मण्डपमा लाग्नेछ । बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले मेला आयोजनाको जानकारी गराएको हो । स्वदेशी उद्योगको प्रबद्र्धन र स्थानीय रोजगारीमा युवालाई आर्कषित गर्ने उद्देश्यले रोजगार मेला गर्न लागिएको महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कशोधनले बताए । तीन दिने मेलामा कामको खोजीमा रहेका र काम दिने दुवै पक्षबीच प्रत्यक्ष भेट र कुराकानीको अवसर उपलब्ध गराइने अध्यक्ष कशोधनले बताए। मेलामा रोजगारदाता र रोजगार लिनेहरूका लागि छुट्टा छुट्टै डेक्स राखी तथ्याङ्क र जानकारी संकलन गरिने बताइएको छ। मेलामा छनौटमा परेका २० जनालाई दक्षता अभिवृद्धि गर्ने तालिमको अवसर समेत उपलब्ध गराइने कशोधनले बताए।

मेला अवधीभर रुपन्देहीको औधोगिक अवस्था र आवश्यक तथा दक्ष जनशक्तिको मागका सम्बन्धमा तयार पारिएका कार्यपत्र समेत प्रस्तुत गरिने आयोजकले बताएका छन् । रुपन्देही लगायत पाँच नम्बर प्रदेश उद्योग र पर्यटनका लागि निकै संभावना बोकेको क्षेत्र भएकाले त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा मेला फलदायी हुने संघका उपाध्यक्ष धु्रव धितालले बताए । मेला मार्फत नीति निमार्णको अवस्था भएकाले साना तथा घरेलु उद्योगको प्रबद्र्धन र रोजगरी सृजनाका सम्बन्धमा स्थानीय र प्रदेश सरकारलाई आवश्यक सुझाव समेत पेश गरिने धितालले बताए । मेलामा १ सय ५० बढी उद्योगी सहभागी हुने र ८ सय बढी रोजगार खोज्नेहरुको सहभागिता  हुने अपेक्षा लिइएको महासंघका महिला समिति अध्यक्ष मञ्जु भुसालले बताइन।

प्रकाशित: १९ वैशाख २०७५ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App