१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध २० लाखसहित सोल्टीमोडबाट १ जना पक्राउ

काठमाडौं– राजधानीमा स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मंगलबार राति ११ः४५ बजे सोल्टीमोडमा चेकजाँचका क्रममा बा १३ च ५६०२ नम्बरको स्कारपियो गाडीबाट स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन कुमार थापाका अनुसार स्रोत नखुलेको रकम भेटिएपछि गाडीमा सवार चितवनको भरतपुर २ का ३७ वर्षीय रमेश सापकोटालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पठाइएको छ। गाडी र पैसा पनि विभागको जिम्मा लगाइएको छ।

प्रकाशित: १९ वैशाख २०७५ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App