१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सचिवालय बैठकमा दाहालको 'ब्रिफिङ' : राजनीतिक प्रतिवेदनमा सहमति भैसक्यो

काठमाडौं- नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँगको एकता प्रक्रियामा भएको प्रगतिबारे ब्रिफिङ गरेका छन्।

बुधबार बसेको सचिवालय बैठकमा दाहालले इतिहासको समिक्षा र भावी कार्यदिशाको विषयमा एमालेसँग कुरा मिलेको बताएका थिए। दाहाललाई उदृत गर्दै एक माओवादी नेताले भने 'इतिहासको समिक्षा (जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन) लाई हेर्ने विषयमा ओलीजीसँग सहमति भएको छ', उनले भने, 'पार्टीको भावि कार्यदिशाबारे पनि हामी टुंगोमा पुगेका छौं।' दाहालले राजनीतिक प्रतिवेदनमा सहमति भैसकेको सचिवालय बैठकमा जानकारी गराएका थिए।

परिवर्तित सन्दर्भमा २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादले मात्र नपुग्ने भन्दै उनले थप विकास गरेर जाने विषयमा सल्लाहा भइरहेको बताएका थिए। समाजवाद उन्मुख कार्यनीतिका साथ अघि बढ्ने उनले बैठकमा बताए। दाहालले धेरै कुरा टुंगिएको बताउँदै पार्टी एकता संयोजन समितिको बैठक तुरुन्दै बसेर औपचारिक रुप दिने बैठकमा ब्रिफिङ गरेका थिए।

प्रकाशित: १९ वैशाख २०७५ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App