१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्खाल भत्काउँदै उपमेयर

रंगशालामा निर्माणाधिन पर्खाल भत्काउँदै उपमेयर रेणु आचार्य। तस्बिरः नागरिक

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित रंगशाला निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको पाइएपछि नगरपालिका कार्यालयले काम बन्द गरिदिएको छ। उपमेयर रेणु आचार्यले अनुगमनका क्रममा कमसल सामाग्री प्रयोग गरेर रंगशालाको पर्खाल निर्माण गरिरहेको पाइएपछि काम रोक्न निर्देशन दिइएको बताइन्।

चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने सम्झौता गरेर नगरपालिकाले उपभोक्ता समितिलाई कामको जिम्मा लगाएको थियो। चार महिनाअघि सम्झौता भएको रंगशाला निर्माणको काम पाँच प्रतिशत पनि पूरा भएको छैन्। अनुगमनका क्रममा उपमेयर ढकालले बनाउँदै गरेको पर्खाल पनि भत्काएकी छन्। ‘थोरै सिमेन्ट र धेरै बालुवा प्रयोग गरेर पर्खाल निर्माण गरेको पाइयो’ उनले भनिन्, ‘केही भत्कायौं, केही भत्काउन निर्देशन दिएका छौं।’

उनले उपभोक्ता समितिसँग छलफल गरेर मात्रै काम अगाडि बढाइने बताइन्। वडा अध्यक्ष पदम खत्रीले उपभोक्ता समितिले काममा ठगी गरेको बताए। ‘अपनत्व र राम्रो काम होला भनेर ५० लाखमा उपभोक्ता समिति गठन गरेर काम दिएका हौं’ उनले भने, ‘झन नराम्रो र ठगी खाने बाटो बनाए।’ उनले असार मसान्तसम्म सक्ने गरी १७० मिटर लम्बाईको पर्खाल निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता गरिएको बताए।

स्थानीयका अनुसार उपभोक्ता समितिले कामको जिम्मा ठेकेदारलाई दिएको छ। ‘केही कमिसन खाएर उपभोक्ता समितिले ठेकेदारलाई काम लगाउँदा यस्ता भएको हो’ एक स्थानीयले भने, ‘हामीले सुरुदेखि नै विरोध गरिरहेका छौं।’ उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र नगालसँग सम्पर्क हुन सकेन्।

प्रकाशित: १९ वैशाख २०७५ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App