१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रदेश नम्बर ७ र २ फाइनलमा

प्रदेश नम्बर २ का सुजित शाह प्रदेश नम्बर ३ विरुद्ध ब्याटिङ गर्दै। तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं – प्रदेश नम्बर ७ र प्रदेश नम्बर २ मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

फाइनलमा स्थान बनाउन  प्रदेश नम्बर ७ ले प्रदेश नम्बर १ लाइ ५ विकेट तथा प्रदेश नम्बर २ ले प्रदेश नम्बर ३ लाई ४१ रनले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएका हुन्।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ३० ओभरको समाप्तिमा ८ विकेटको क्षतिमा दिएको १ सय ४९ रनको लक्ष्य प्रदेश नम्बर ७ ले २२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर भेटाएको थियो।

प्रदेश नम्बर ७ को जितका लागि ओपनर राजन सिंहले ३२ रन  जोड्दा सुवास ऐरले सर्वाधिक ३७ रन जोडे । यस्तै, अर्का ओपनर रिदय विथारी ३ रनमा पवेलियन फर्कदा गजेन्द्र सिंह बोहोराले १३, रोशन सावादले २३ रन जोडे । राहुल भण्डारी २५ तथा नारायण जोशी १२ रनमा अविति रहे । बलिङमा समिर तिमिल्सिना, विवेक मेहेता र नभनित कर्णले समान १–१ विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ३० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १ सय ४८ रन जोड्न सफल भएको थियो । उसका  लागि विवेक मेहेताले सर्वाधिक ४१ रन जोड्दा ओपनरद्वय राजन मगर र लुभ कामतले क्रमश २२ र ११ रन जोडे । यस्तै, अविसेक बरालले १६, अंकित श्रेष्ठले १३ रन जोड्दा नवनित कर्ण १९ तथा विपिन महत्तो ९ रनमा अविजित रहे । बलिङ तर्फ प्रदेश नम्बर १ का नरेन्द्र सावादले सर्वाधिक ४ विकेट हात पार्दा मनोज लोथ्यालले २ विकेट लिए।

यस्तै, मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा प्रदेश नम्बर २ ले निर्धारित ३० ओभरको समाप्तिमा ५ विकेट गुमाएर दिएको २ सय १७ रनको पछ्याउने क्रममा प्रदेश नम्बर ३ले २८.५ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र १ सय ७५ रन बनाउन सक्यो । उसका लागि प्रतिस जिसीले सर्वाधिक ४८ रन, सम्भव श्रेष्ठले ३४ तथा ओपनर दीपक बोहोराले ३० रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन् । यस्तै बाँकी ब्याट्स म्यानले गतिलो स्कोर छुन सकेनन् । प्रदेश ३ लाई सस्तैमा सिमित गर्न प्रदेश २ का बलर विक्रम कुसवाहले सर्वाधिक ४ विकेट हात पारे।

यस अघि टस जितरे पहिला ब्याटिङ गरेको प्रदेश नम्बर २ ले निर्धारित ३० ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा २ सय १६ रन जोड्न सफल भएको थियो । प्रदेश नम्बर २ का लागि ७४ बलको सामना गरेका ओपनर अमित यादवले ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८६ रनको इनिङ खेल्दा विवेक यादव ६३ रनमा अविजित रहे । यस्तै, सुजित शाहले ३५, तीर्तराज दाशले १४ तथा ओपनर इमरान शेखले ११  रनको योगदान गरे।

बलिङ तर्फ प्रदेश नम्बर ३का लागि प्रतिश जिसी र सुशान्त कार्कीले समान २–२ विकेट लिए ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।

प्रकाशित: १९ वैशाख २०७५ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App