१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्लान इन्टरनेशनल किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने

काठमाडौं- प्लान इन्टरनेशनलले नेपालमा ४० वर्ष पुरा गरेको छ। उसले आफ्ना आगामि ५ वर्ष किशोरी शिक्षा र  स्वास्थ्यमा केन्द्रित हुने जनाएको छ।

प्लान इन्टरनेशनलले बालबालिका, युवा व्यक्ति, साझेदार निकाय र सहयोगीसँगै कामगर्दै आएको छ। यसै क्रममा प्लान इन्टरनेशनलले नेपालमा पिछडिएका समुदायका बालबालिका, उनीहरूका परिवार र समुदायका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। चार दशकको अवधिमा संस्थाले सरकारी र गैरसरकारी साझेदारसँगको समन्वयमा नेपालका ५० जिल्लामा विभिन्न कार्यक्रम कार्यान्वयन गरेको जनाएको छ।

प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्स्ले भने–'नेपालका बालबालिका र समुदायसँगको हाम्रो यात्राले चार दशक पार गरेको छ र यो यात्रा साँचो अर्थमा प्रेरणादायी र उदाहरणीय छ। नेपालका बालबालिकाका लागि दीर्घकालिन परिवर्तन ल्याउन हामी सँगै कार्य गरेर उल्लेखनीय योगदान गरेका दाता, समर्थक, सरकारी र गैरसरकारी निकाय तथा बालबालिका प्रति आभार प्रकट गर्न चाहान्छौं।'

प्लान इन्टरनेशनल नेपालले ५ बर्षे नयाँ राष्ट्रिय रणनीति अनुसार नेपालमा बालबालिकाले भोग्नु परेका समस्या न्युनिकरणका लागि सबै परियोजनालाई केन्द्रित गर्ने र आगामी ५ बर्षमा १० लाख किशोरी माझ पुगेर उनीहरूको जीवनमा परिवर्तन ल्याउने लक्ष्य राखेको जनाएको छ।

 

प्रकाशित: १८ वैशाख २०७५ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App