१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।

बबरमहलस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले अब विकास र निर्माणले गति लिने विश्वास व्यक्त गरे। जनयुद्ध र शान्ति प्रक्रियामार्फत देशमा ठूलो राजनीतिक परिवर्तन ल्याउन आफूले नेतृत्व गरेको उल्लेख गर्दै उनले जनताको अपेक्षानुसार काम गर्ने अवसर प्राप्त भएको बताए।

पूर्वप्रधानमन्त्री दाहालले भने, “जनताको अपेक्षाअनुसार काम गर्ने अवसर प्राप्त भएको छ, अब विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा गर्ने जिम्मेवारी पूरा गर्नुपर्छ।” उहाँले जनताका अपेक्षा पूरा गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसलाई स्मरण गरेर आआफ्ना जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।

जनताले वामपन्थीलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको स्मरण गराउँदै अध्यक्ष दाहालले जनताले दिएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने बताए। नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले बदलिँदो परिवेशअनुसार आफूलाई बदल्न कर्मचारीलाई सुझाव दिए।   (रासस)

प्रकाशित: १८ वैशाख २०७५ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App