१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

रसुवा – लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ।

ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड सञ्चालन गरिँदैछ। लाङ्टाङ क्षेत्र सुरक्षित र पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको सन्देश विश्वसामु प्रवाह गर्ने उद्देश्यले म्याराथन दौड आयोजना गर्न लागिएको टानका प्रथम उपाध्यक्ष जीवन थापा मगरले बताए।

लाङ्टाङ क्षेत्रमा दोस्रो पटक हुने म्याराथन दौडमा १०० भन्दा बढी धावक सहभागी हुनेछन्। विगत वर्षमा भने गोसाइँकुण्डबाट धुञ्चेसम्म दौड आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछानेले जानकारी दिए।   (रासस)

प्रकाशित: १८ वैशाख २०७५ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App