कांग्रेस पराजयको जिम्मेवारी विवाद

मङ्गलबार, १८ बैशाख २०७५, १० : ४७ पुरञ्जन आचार्य

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आरोप र प्रत्यारोप गर्दै अन्ततः निर्वाचन पराजयको सामूहिक जिम्मेवारी लिने भनी टुंगियो। विश्व राजनीतिक  इतिहासमा बिरलै सुन्न र पढ्न पाइने निर्णय नेपाली कांग्रेसबाट सुनियो। पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले सामूहिकरूपमा लिने भनी गरेको निर्णयसँगै  प्रश्न उठ्छ– किन चाहियो नेतृत्व, नीति र रणनीतिहरू पार्टीमा?

कांग्रेस केन्द्रीय कार्यसमितिले पराजयका लागि सामूहिक जिम्मेवारी हुन्छ भनी गरेको मान्यताले अबदेखि नेपालमा बसको दुर्घटना स्टियरिङ समात्ने ड्राइभरको कारणमात्र नभएर बसमा सवार यात्रु पनि सामूहिकरूपमा जिम्मेवार हुन्छन् भन्ने मान्यता स्थापित गर्छ। त्यस्तै हवाई दुर्घटना पनि प्राविधिक र पाइलटको अज्ञानताले होइन, यात्रु चढेका कारणले हुन्छ भनी बुझ्नुपर्ने हुन्छ। अनि त्यस्तै भोट नदिने सबै नेपाली सामूहिकरूपले कांग्रेस पराजयका लागि जिम्मेवार हुन् भन्ने सिद्धान्त प्रतिपादन हुन्छ।

कांग्रेस कार्यसमितिको निर्णयले नेता, नीति र रणनीति होइन, पार्टी हारेको हो, पार्टीको मूल्यपद्धति र सिद्धान्त हारेको हो भन्ने मान्यता स्थापित गराउँछ। कांग्रेसभित्र हुर्केको यो खतरनाक सोच पार्टीलाई डुबाउने र व्यक्ति बचाउने उद्देश्यबाट प्रेरित छ। पराजयको सामूहिक जिम्मेवारी कांग्रेस कार्यसमितिले लिने हो भने किन कांग्रेसमा सभापति, उपसभापति, महामन्त्री, संगठन विभाग प्रमुख जस्ता पद राख्ने ? सामूहिक जिम्मेवारीको सिद्धान्त त कुनै समय रजनीशले आफ्नो आश्रम सञ्चालनका लागि प्रतिपादित गरेका थिए जुन असफल भयो । सबैभन्दा ठूलो कुतर्क त कम्युनिस्ट एकता भयो हामी हा-यौँ भन्ने छ। यो भन्दा अक्षम चुनावी समीक्षा अरु के हुनसक्ला र?

सबैभन्दा ठूलो कुतर्क त कम्युनिस्ट एकता भयो हामी हा¥यौँ भन्ने छ । योभन्दा अक्षम चुनावी समीक्षा अरु के हुनसक्ला र?

कांग्रेस किन चुनावमा हा-यो? यो बासी समीक्षा थियो यतिखेर। यसबारे अनेक कोणबाट विषद विचार र बहस भइसकेको थियो। यतिखेर त कांग्रेस नेता, नीति, कार्यकर्ता र संगठन कस्तो भए  कांग्रेसलाई पुनर्जीवन दिन सम्भव हुन्छ भनी छलफल चलाउनुपथ्र्यो। मलाई थाहा छ, कांग्रेसका नेताभन्दा तथाकथित कार्यकर्ता कांग्रेस आवरणमा कांग्रेस हराउन कम्मर कसेर लाग्छन्। किनकि कांग्रेसले क्रियाशील सदस्यताका नाममा ‘बोगस (वाहियात) क्रियाशील’ वितरण गरेको छ । झण्डै चार दशकअगाडि भारतीय राष्ट्रिय कांग्रेसका सभापति राजीव गान्धीले आफ्नो पार्टीभित्र ‘बोगस क्रियाशील’ छ भनेका थिए । तिनै वाहियात क्रियाशीलले भारतीय कांग्रेसलाई डुबायो । अहिले नेपाली कांग्रेसलाई डुबाउँदैछ।

किन यस्तो कार्यकर्ता उत्पादन भयो? के जरुरत प¥यो अराजनीतिक व्यक्तिलाई कांग्रेस हर्ताकर्ता बनाउन? किन राजनीतिक कार्यकर्ता अरुचिपूर्ण छ नेतृत्वलाई ? भनिरहनुपर्दैन, स्वाभिमानी र आर्थिक लेनदेन नगर्ने कार्यकर्ता कांग्रेस नेतृत्वका लागि ‘भालुको कम्पट’ भएको छ विगत दुई दशकदेखि। भनिन्छ– पराजयले सिकाउँछ र विजयले उन्मादी बनाउँछ भनेर। कांग्रेसलाई पनि पराजयले शिक्षा दिनेछ र नयाँ ढंगले सोच्ने प्रारम्भ हुनेछ भनी । तर कार्यसमितिको बैठकका निर्णय पढ्दा अराजनीतिक, त्रसित र आत्मविश्वास पूर्णतः गुमाएको देखिन्छ यो कार्यसमितिले ।

सर्वप्रथम नेपाली कांग्रेस के हो? र, व्यक्तिको क्षमता कहाँसम्म हुन्छ ?यी दुई विषयबाट कुरा उठाउन जरुरी छ कांग्रेसको पुनर्जीवनका लागि । समाजवादी चिन्तक प्रदीप गिरीले उमेरले व्यक्तिको क्षमता निर्धारण गर्छ भनी पार्टीलाई रिङबाट नयाँ ट्रयाकमा ल्याउने प्रारम्भिक सूत्र दिए बैठकमा। उमेर पुगेका रिङभित्रका खेलाडीलाई विश्राम दिने र नयाँ ट्रयाक कांग्रेसको खोल्ने उनको सूत्र अगाडि आयो ।  उनले सत्तरी नाघेकाले पार्टी नेतृत्व त्याग्नुपर्छ भने । यसैमा थप व्याख्या जरुरी छ।

कांग्रेस केन्द्रीय कार्यसमितिले पराजयका लागि सामूहिक जिम्मेवारी हुन्छ भनी गरेको मान्यताले अबदेखि नेपालमा बसको दुर्घटना स्टियरिङ समात्ने ड्राइभरको कारणमात्र नभएर बसमा सवार यात्रु पनि सामूहिकरूपमा जिम्मेवार हुन्छन् भन्ने मान्यता स्थापित गर्छ।

कांग्रेस लोकतान्त्रिक पार्टी हो र लोकतान्त्रिक पार्टी विभिन्न विविधताले भरिएको हुन्छ । जस्तो नेपाली कांग्रेस थियो विगतमा । यस्तो विविधतामा असंख्य सम्भावना बोकेका व्यक्तित्वहरू समाहित हुन्छन् र साझा भविष्य निर्माणमा लाग्छन् । यी सबै सम्भावना बोकेका व्यक्तिहरू आफ्नो गच्छेअनुसार नेतृत्वमा पुग्छन् र लोकतान्त्रिक पद्धति, राष्ट्र निर्माण र समाज रूपान्तरणमा भूमिका खेल्छन्।

साझा विचार र समान दृष्टिकोणबीचबाट कल्पनाशील व्यक्ति ऊर्जा, उपाय र क्षमता सिर्जना गर्छ र नेतृत्वमा पुग्छ। तर बिर्सननहुने कुरा के हुन्छ भने यस्तो क्षमता कुनै पनि व्यक्तिमा सर्वकालिक हुँदैन । जीवनको एउटा कालखण्डमा तिनले अवसर पाउँछन् । समाज, राष्ट्र र आफैँलाई पनि प्रमाणित गर्छन् र सार्वजनिक जीवनबाट बिदावारी लिन्छन्।

हिन्दुहरूको महान् ग्रन्थ महाभारतमा भेटिने अलौकिक पात्र कृष्णको जीवन सन्देश पनि यही हो। हिन्दुग्रन्थहरूमा वर्णित कृष्णको मृत्यु सन्देश पनि त्यही हो। कुरुक्षेत्रको कृष्णको तेज र विचार सर्वकालिक छन्तर आफैँले निर्माण गरेको द्वारका जलसमाधितर्फ जाँदा टुलुटुलु हेरिबस्न तिनै कृष्णविवश छन्। देवताको त समय सकिन्छ भने व्यक्ति कसरी निर्विकल्प हुन सक्छ? हाम्रा राजनीतिज्ञहरूले नबुझे पनि हाम्रा धर्मग्रन्थहरूबाट पश्चिमा राजनीतिज्ञहरूलेधेरै ज्ञान बुझेजस्तो देखिन्छ।

केही दिनअगाडि अमेरिकी राष्ट्रपति बराक ओबामा डिपार्टमेन्टल स्टोरमा आफ्नो सामान ट्रलीमा हाली सडकमा निस्केको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । हामी नेपालमा कुनै भूतपूर्व प्रधानमन्त्रीबाट पसलमा सामान किनी निस्कने कल्पना पनि गर्न सक्तैनौँ । ओबामा अव सामान्य अमेरिकी नागरिकझँै छन्। ओबामाले जीवनयापनका लागि काम खोज्दै गरेको समाचार पनि केही दिनअगाडि भाइरल भएको थियो सामाजिक सञ्जालमा ।लोकतान्त्रिक मूल्य पद्धति नै यही हो।

नेपालका सबै नेता एकपटक सत्तामा पुगेपछि बकुल्लाले माछा कुरेझैँ ढुकुवा बस्छन् फेरि सत्तामा पुग्न। कुनै सिप, क्षमता र योग्यता नभएकाहरूका लागि विकल्प हुँदैन र ती विवश हुन्छन् बकुल्ला बन्न। तर सिप र योग्यता भएकाहरू पनि बकुल्ला बनेको देख्दा आश्चर्य हुन्छ। लोकतान्त्रिक मूल्य पद्धति कसले कहाँबाट सुरु गर्ने भन्ने चुनौती यहीँ छ। गत साता म केही साथीसँग बानेश्वरको एउटा कफी हाउसको सिँढी चढ्दै थिएँ  कफी हाउसको सिँढीको भित्तामा ‘प्रत्येक परिवर्तन र क्रान्तिको सुरुवात कफी हाउसबाट हुन्छ’ लेखिएको थियो।

नेपालको सन्दर्भमा चिया पसल उपयुक्त होला । त्यही कफी हाउसमा हामी केही साथीले कांग्रेसको भविष्यबारे लामो छलफल ग¥यौँ । प्राध्यापक कृष्ण खनालले ‘लोकतान्त्रिक नेताहरूले लोकतान्त्रिक आचरणमात्र गरे कांग्रेसलाई कसैबाट खतरा छैन’ भने । हामीले कांग्रेसभित्र भएको ‘डेमोक्रेटिक डिफिसिएन्सी’ (लोकतान्त्रिक ह््रास) बारे घण्टौँ चर्चा ग¥यौँ । त्यस्तै प्रा. खनालले ‘कथित कार्यकर्ताले कांग्रेस नेता खाए’ भन्न रुचाए।

माथि भगवान कृष्ण र ओबामाको उदाहरण यसकारण अगाडि सारिएको हो कि कुनै पनि व्यक्तिसँग सार्वकालीन नेतृत्व दिने ऊर्जा हुँदैन। त्यसमा पनि पराजयपछि पनि नेतृत्वमा टाँसिएर बस्ने लालचा भने नेपालमै सम्भव छ । नेपाली कांग्रेसमै मात्र सम्भव होला । कांग्रेस कार्यसमितिले पराजयका लागि सामूहिक जिम्मेवारी लिइँरहँदा सामूहिक राजीनामा पनि दिएको भए त्यसको राजनीतिक महत्व हुन्थ्यो। हाम्रो कारण कांग्रेस पराजय भयो तर हामी सबै अझै कांग्रेस नेतृत्वमा बस्छौँ भन्नु निर्लज्जता हो।

केही दिनअगाडि मैले स्टेनले एन्ड मोर्गनका सिइओ रुचिर शर्माको विश्वविख्यात पुस्तक ‘हइ नेसन राइज एन्ड फल’ पढेँ। पुस्तक राष्ट्रहरूको उत्थान र पतनमा मात्र सीमित छैन। कुनै पनि देशको प्रगति र समृद्धिमा कस्तो नेतृत्व किन सफल र असफल हुन्छ भनी विषद् व्याख्या पनि छ विश्व उदाहरण अगाडि सार्दै। वंशतन्त्र कुन र कति समयपछि समाप्त भएका छन् विश्वमा भनी  रोचक र सटिक प्रस्तुति छ पुस्तकमा। यो पुस्तक पढ्दा एक दशकअगाडि नेपालको राजतन्त्र जाने समय भइसकेको थियो भन्ने पुष्टि गर्छ विश्वका उदाहरणहरूबाट। अनि त्यस्तै पटकपटक फर्केर आउने नेतृत्वबाट देशमा क्रमशः गिर्दो स्तरको परफर्मेन्स हुन्छ, यस्तो विश्वभरि देखिएको उदाहरण उनले पुस्तकमा अगाडि सारेका छन्।

नेपालकै सन्दर्भमा बिपी कोइरालालाई उदाहरणका रूपमा  हेरौँ। युवा बिपीले २००७ सालको क्रान्ति गर्नुभयो । २०१५ सालमा कांग्रेसको दुईतिहाइ सरकार निर्माण गर्दै युगान्तकारी कामको थालनी गर्नुभयो तर दुईतिहाइ सरकार टिकाउन सक्नुभएन। जुनसुकै कारणबाट भए पनिबिपी कोइराला जस्तो सक्षम, स्वप्नशील राजनेताको सरकारलाई तत्कालीन राजा महेन्द्रले ‘कु’ बाट विस्थापित गरे।

अबबिपीको दोस्रो इनिङको अवस्था हेरौँ। आठ वर्षको जेल जीवनबाट स्वतन्त्र भएपछिबिपीले दुईपटक भारत प्रवासमा बसेरअसफल सशस्त्र क्रान्तिको नेतृत्व गर्नुभयो । आफ्ना होनहार युवा कार्यकर्ता गुमाउनुप¥यो । राष्ट्रिय मेलमिलापको नारा दिएर प्रवासबाट फेरि आठ वर्षपछि स्वदेश फिर्ति भयो। राजाले मेलमिलापको भाषा सुनेनन् । यही समय कांग्रेस मनोवैज्ञानिकरूपबाट दुई चिरामा विभाजित भयो, जुन अझै कायमै छ । २०३७ सालको जनमत संग्रहको परिणाम पनि बिपीको लागि अनुकूल भएन । बिपी दोश्रो इनिङमा परिणाममुखी भएनन्, सम्भव नै थिएन। र, अन्ततः बिपी बिते । प्रश्न उठ्छ– बिपी किन दोस्रो इनिङमा अनेकन् प्रयत्न गर्दा पनि परिणाममुखी भएनन्? त्यसको उत्तर बिपी देहावसान भएको सात वर्षपछि गणेशमान सिंंहले दिए।

बिपीको अवसानपछि एक दशक लागेन गणेशमान सिंहले नेपालको राजनीतिक नक्शा नै परिवर्तन गरे। बिपीको सिद्धान्त विपरीतको नयाँ सिद्धान्त प्रतिपादन गरे अर्थात कांग्रेस–कम्युनिस्टबीचको एकताबाट । देशमा राजनीतिक परिवर्तनका लागि कांग्रेस र राजाको मेलमिलापमात्र पर्याप्त थिएन, यो कुरा बिपीले बुझ्न चाहनुभएन। बिपी नेपाली समाजको परिवर्तन म गर्छु भनी आफ्ना मान्यताबीच फस्नुभएको थियो तर गर्भमा समाज आफ्नै ढंगले परिवर्तन भइरहेको कुरा उहाँ बुझ्न चाहिरहनुभएको थिएन।

बिपीको राजनीतिक समय २००६ देखि २०१७ पुस १ गतेसम्म थियो। गणेशमानको समय बिपीको अवसानपछि आयो,२०४० सालदेखि २०४६ सालको परिवर्तनसम्म। यही कालखण्डमा बिपी र गणेशमानले आफ्नो ऊर्जा, उपाय र सक्षमता प्रदर्शन गरे । शेरबहादुर देउवालाई आफ्नो मूल्यांकन गर्न सहज होला कि भनेर रुचिर शर्माको पुस्तकदेखि बिपी कोइराला र गणेशमानसम्मलाई उदृत गर्नुपरेको हो। अध्ययन र अनुभवले प्रमाणित गरेको विषय हो– शेरबहादुर देउवाको समय समाप्त भएको छ। तसर्थ देउवाले निर्वाचनमा पराजय बेहोरेपछि नेतृत्वबाट तत्काल राजीनामा दिने परिपाटी चलाएर नवीन कांग्रेस निर्माणको प्रारम्भ गर्न सक्थे।

वास्तवमा देउवाले पराजयको जिम्मेवारी लिँदै राजीनामा दिने मूल्यपद्धति कांग्रेसमा स्थापित गराउन सक्दा उनको इतिहास कांग्रेसभित्र मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत चम्किलो हुने थियो। देउवालाई पक्कै लाग्दो हो, म पार्टीको नेतृत्व दिन सक्तिन भनेर । मानव चेतनाकोे विकासवादी सिद्धान्तकार अव्राहम मोस्लोले भनेका छन्–आफ्नो मूल्यांकन आफूभन्दा इमान्दारीपूर्वक अरु कसैले गर्न सक्तैन भनेर।

कांग्रेस सभापतिको राजीनामापछि देशभरका सम्पूर्ण राजनीतिक एकाइबाट आउने राजीनामाले कांग्रेसमा नयाँ र ऊर्जावान नेतृत्व अगाडि आउने अवसर पाउँछ। कांग्रेस जमेको पोखरीबाट नदीझैँ बग्न थाल्छ। सत्तामा झण्डै पाँचवर्ष नपुग्ने अहिलेको अवस्थामा लोभी/पापीहरू पनि कांग्रेसबाट टाढिने छन्। यही समय हो कांग्रेसलाई नयाँ महाधिवेशनबाट राजनीतिकरूपले पुनस्र्थापित गर्ने।

नेपालको संविधान नयाँ छ। नयाँ संविधानअनुरूप कांग्रेसको विधान पनि नयाँ बन्नुपर्ने छ । अनि त्यस्तै कांग्रेस पनि नयाँ बन्ने दिशातर्फ अग्रसर होस् भन्ने शुभेच्छा अगाडि सारिएको हो । नेपाली कांग्रेसले देशको राजनीतिक ‘डिस्कोर्स’ परिवर्तन गर्ने हो भने सर्वप्रथम आफ्ना नयाँ ‘डिस्कोर्स’ सुरु गर्न तयार हुनुपर्छ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad