१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्रान्समिसन लाइन विस्तारमा विरोध

इलाम–   इलाम नगरपालिका–४ का बासिन्दाले आफूहरूको स्वीकृतिबिनै जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन गाउँबाट विस्तार गर्न लागिएको भन्दै विरोध जनाएका छन् । उनीहरूले विद्युत् आयोजनाले आफूहरूको स्वीकृतिबिना जबर्जस्ती लाइन विस्तार गरे कामै रोकिदिने चेतावनीसमेत दिएका छन् ।    

सदरमुकामनजिकै पुवाखोलामा निर्माणाधीन पुवाखोला–१ जलविद्युत् आयोजनाको उत्पादन गोदकस्थित सब–स्टेसनमा पु¥याउन इनपा–४ बाट ट्रान्समिसन लाइन विस्तार गरिँदै छ । त्यसका लागि अहिले पोल विस्तार भइरहेको छ । तर, स्थानीयले भने आफूहरूसँग समन्वय नै नगरी आयोजनाले पोल गाढ्न थालेको जनाएका छन् । करिब ४० स्थानीयले हस्ताक्षर गरेको ज्ञापनपत्र आइतबार जिल्ला प्रशासन, जिल्ला विकास समिति, इलाम नगरपालिका, जिल्ला प्रहरी, नेपाल विद्युत् प्राधिकरण र पुवाखोला जलविद्युत् आयोजनामा बुझाइएको स्थानीय प्रेम पाण्डेले बताए ।

आयोजनाले ट्रान्समिसन लाइन विस्तार गरेको क्षेत्रको जमिन मुआब्जा नदिइ प्रयोग गर्न नपाउने भएपनि स्थानीय कसैलाई १ हजार, कसैलाई २ हजार रुपैयाँको आश्वासन दिएर विद्युत् पोल गाडिएको पाण्डेले बताए । उनले आफूहरूसँग छलफल र समन्वय गरेरमात्र लाइन विस्तारको काम अघि बढाउन आग्रहसहित सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको जनाए । ‘कमजोर भू–धरातल भएको यो वडाको धेरै भाग जोखिमयुक्त भएकाले नगरपालिकाले नक्सापासमा समेत रोक लगाएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तो संवेदनशील क्षेत्रको जमिन स्थानीयको स्वीकृतिबिना प्रयोग गर्न दिँदैनौं ।’    

 

प्रकाशित: १२ भाद्र २०७३ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App