२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एलजीको नयाँ स्मार्ट रेफ्रिजेरेटर

काठमाडौं– नेपाली बजारमा एलजीले उच्च गुणस्तरका रेफ्रिजेरटर भित्र्याएको छ । कम्पनीले नयाँ प्रविधियुक्त आकर्षक डिजाइन, वातावरणमैत्री र कम विद्युत् खपत गर्ने डबल डोर रेफ्रिजेरेटर भित्र्याएको हो।

नेपाली ग्राहकमाझ विशेष गरी डबल डोर रेफ्रिजेरेटर प्रचलित छ । त्यही कुरालाई मध्यनजर गर्दै एलजीले डबल डोर रेफ्रिजेरेटर ल्याएको जनाएको छ।एलजीका डबल डोर रेफ्रिजेरेटरले ३२ प्रतिशतसम्म उर्जा बचत गर्ने र १४ दिनसम्म खानेकुरा ताजा राख्ने कम्पनीको दाबी छ।

एलजीका हरेक रेफ्रिजेरेटरमा १० वर्षको कम्प्रेसरमा वारेन्टी छ । यी रेफ्रिजेरेटरमा डोर कुलिङ सुविधा छ । यसले फ्रिजभित्रको तापक्रम थपघट गरी रेफ्रिजेरेटरलाई कन्भेन्सनल कुलिङभन्दाप्रतिशत चाँडो चिसो बनाउने गर्दछ ।डोर कुलिङ फिचरले भित्री भाग र ढोकाबीचको तापक्रम अन्तर घटाउने कम्पनीले जनाएको छ। साथै स्मार्ट डाइगोसिसले मोबाइल एप्लिकेसनका माध्यमबाट फ्रिजलाई कन्ट्रोल गर्न सकिन्छ।
एलजीका रेफ्रिजेरेटरमा अटो स्मार्ट कनेक्ट फिचर समेत रहेको कम्पनीले जनाएको छ।

यस फिचरको सहायताले फ्रिजलाई होम इन्भर्टरमा कनेक्ट गर्न सकिन्छ । यसमा रहेको डबल ट्विस्ट आइस ट्रे फिचरको सहायताले धेरै आइस छिटै बनाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।नेपालका लागि एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी इम्पेक्स प्रालि हो।

 

प्रकाशित: १८ वैशाख २०७५ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App