१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

स्कुल ग्लोरीको प्रतिभा

काठमाडौं– विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘दोश्रो स्कुल ग्लोरी नेपाल २०१८’ प्रतियोगितामा सहभागी १८ प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

राजधानीमा गत शनिबार आयोजित ट्यालेन्ट सोमा उनीहरुले नृत्य, गायन, चित्र तथा वक्तृत्वकलालगायतका प्रतिभा देखाएका हुन् ।जि इलेभनको आयोजनामा भएको प्रतियोगितामा निर्णायकको मत तथा पब्लिक भोटिङबाट वैशाख २१ गते विजेता घोषणा गरिनेछ । विजेताले नगद पुरस्कारसँगै ट्रफी, प्रमाणपत्र तथा विभिन्न पुरस्कार पाउनेछन्।

देशभरका विद्यालयबाट सहभागी ३५ प्रतियोगीबाट छानिएर १८ जना ट्यालेन्ट राउन्डमा पुगेका हुन् । विद्यालयहरूसँगको सहकार्यमा अडिसन गरी प्रतियोगीहरु छनोट गरिने आयोजक संस्थाका सचिव राजन दाहालले बताए । ट्यालेन्ट राउन्डको निर्णायकमा चलचित्र पत्रकार जीवन पराजुली, गायक रुद्रशमशेर जबरा र कोरियोग्राफर तथा ब्युटिसियन शान्ति लिम्बू थिए।
 

प्रकाशित: १७ वैशाख २०७५ ०५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App