१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन्।

लुम्बिनीबाट शुरु भएको शान्ति र्‍यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका थिए। र्‍यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए।आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्री आज नै काठमाडौँ फर्कने कार्यक्रम छ।रासस

प्रकाशित: १७ वैशाख २०७५ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App