१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

बेनिघाट रोराङ गाउँपालिका–१, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालयको नवनिर्मित भवन। तस्विर : सरिता/नागरिक

धादिङ – भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन्। घामपानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थीनयाँ भवनमा सर्न पाएपछि उत्साहित भएका छन्।

२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले विद्यालय भत्काएपछि उनीहरू खुला आकाशमुनि पढ्दै आइरहेका थिए। सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्यन्त्र जाने गथ्र्याे। अहिले बनेको बालमैत्री भवनले पढाइमा समेत सुधार आउनेशिक्षकहरु बताउँछन्। उनका अनुसार सीतामाईमा ४४ जना र महादेवस्थानमा ७७ जना भर्ना भएका छन्।

विद्यालय भवन निर्माणपछि पठनपाठनमा सहजता आएको महादेवस्थान आधारभूत विद्यालयका प्रधानाध्यापक सीमा रावतले बताइन्। ‘भूकम्पले विद्यालय भवन भत्किएपछि सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनुपर्ने अवस्था थियो’ उनले भनिन्, ‘भवन निर्माणसँगै शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छाएको छ।’ उनका अनुसार भवन नहुँदा कतिपय बालबालिका विद्यालय आउनसमेत छाडिसेका थिए।

विद्यालय भवन बनेपछि आफ्ना बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने अभिभावकहरूले प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्मित विद्यालय भवन भूकम्पप्रतिरोधी छ भने छात्रा र अपांगमैत्री शौचालयसमेत बनाइएका छन्।

विद्यालय भवन बनेपछि आफ्ना बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने अभिभावकहरूले प्रतिवद्धता व्यक्त गरेका छन्। नवनिर्मित विद्यालय भवन भूकम्पप्रतिरोधी छ भने छात्रा र अपांगमैत्री शौचालयसमेत बनाइएका छन्।

प्रयत्नशील सामुदायिक समाज नेपाल (प्रयास नेपाल) र युनाइटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा विद्यालय भवन निर्माण भएको हो। कुल ३५ लाख २२ हजार ६४ रूपैयाँ लागतमा दुई विद्यालय भवन निर्माण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए।

‘प्रत्येक विद्यालयमा दुई कोठे पक्की भवनसँगै अपांगमैत्री शौचालयसमेत निर्माण गरेका छौं’ उनले भने, ‘जिल्लाको बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा भूकम्पपछि २३ विद्यालयका पक्की भवन निर्माण तथा पुननिर्माण गरेका छौं।’

भूकम्पपछि जिल्लामा धेरैजसो विद्यालय भवन भत्किएका छन्। भत्किएका विद्यालयकासंरचना निर्माण तथा पुनर्निर्माणका लागि सरकारी निकाय तथा संघसंस्थाहरूले काम गरिरहेका छन्। समयमै भवन निर्माण हुन नसक्दा हजारौं बालबालिका खुला आकाशमुनि भुइँमै बसेर पढ्न बाध्य छन्।

तर निर्माण सामग्री अभाव, ढुवानी समस्या, कामदार कमीजस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ धादिङले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०७५ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App