१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा नेपाली नागरिक सवार बसमा भएको आतंकवादी हमलाप्रति निन्दा गर्दै मृतकका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले श्रम स्वीकृति बेगर बैदेशिक रोजगारिमा नपठाउन पनि सरकारलाई निर्देशन गरेको छ। समितिका सभापति प्रभु शाहा, परराष्ट्र सचिव शंकर बैरागी, श्रम सचिव बिष्णु लम्साल लगायत समिति सदस्य सांसदहरु सहभागी बैठकले सरकारले चार्टर विमान काबुल पठाएर मृतकको शव र घाइते ल्याउनका लागि गरेको पहल प्रशंसायोग्य रहेको भन्दै सरकारलाई धन्यवादसमेत दिएको छ।

अलपत्र परेका र घर फर्कन चाहाने नेपाली चार्टर विमानमै आउन सक्ने

बुधबार बिहान कावुलका लागि प्रस्थान गरेको चार्टर विमानमा अफगानिस्तानमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउनका लागि समेत उपयोग गरिने बताइएको छ। परराष्ट्र सचिव बैरागीका अनुसार अफगानिस्तानमा अलपत्र परेका र घर फर्कन चाहानेहरुलाई सोही चार्टड विमानमा ल्याउने व्यवस्था गरिने भन्दै त्यसबारे त्यहाँ रहेका नेपालीहरुलाई सूचित गरिएको जानकारी दिए।

प्रकाशित: ८ असार २०७३ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App