चन्दाबाट दश किलोमिटर सडक निर्माण

आइतबार, १६ बैशाख २०७५, ११ : १० नागरिक

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन्।

स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड १७ लाख ८५ हजार ९२० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर पुर्जाले बताए ।

‘राजनीतिक र प्रशासनिक पहुँचको अभावमा पर्याप्त सरकारी बजेट नपाएपछि आफैं स्रोत जुटाएर सडक खनेका हौँ’ अध्यक्ष पुर्जाले भने, ‘सरकारी बजेटको तुलनामा कैयौँ गुणा धेरै रकम जुटाएर बनाएको सडकलाई तत्कालीन जिविसले जनसहभागिताको नमूना घोषणा गरी सम्मान गरेको थियो।’

वि.सं. २०६७ मा महभिरदेखि शुरु भएको सडक निर्माण कार्यले वि.सं. २०७४ पुसमा धार्मिक पर्यटकीयस्थल पेरीभारानी ताल नजिकै पुगेपछि पूर्णताः पाएको हो। उक्त सडक निर्माणमा तत्कालीन हिस्तान गाविस र जिविसले विभिन्न चरणमा करीब १० लाख सहयोग रकम उपलब्ध गराएका थिए। सडक मर्मतका लागि चालू आवमा अन्नपूर्ण गाउँपालिकाले पाँच लाख विनियोजन गरेको छ।

‘चट्टानी पहाड र भिरालो भूगोलमा सडक खनेर गाडी गुडाउने चुनौतीलाई चिर्न सफल भएका छौँ’ अध्यक्ष पुर्जाले भने, ‘स्थानीयवासीको आर्थिक, भौतिक, नैतिक र सक्रिय सहयोगले सफल भयौँ।’ सडक निर्माणका लागि १९४ जना चन्दादाताले रु दुई हजारदेखि १० लाखसम्म सहयोग गरेका छन्।

९५ घरधुरीको बसोबास रहेको घराम्दीमा मगर समुदायको बाहुल्यता छ। रोजगारीका लागि बेलायत, हङकङ, अमेरिका, कोरिया, भारत, कतार, साउदीलगायत विश्वका विभिन्न देशका साथै काठमाडौँ, पोखरा, बेनीमा बस्ने घराम्दीवासीले सडक निर्माणका लागि चन्दा सहयोग गरेका छन्।

सबैभन्दा बढी १० लाख ४५२ सहयोग गरेका घराम्दी घर भई हाल बेलायत निवासी होमबहादुर फगामी र ९४ वर्षीया ज्येष्ठ नागरिक तिलीसरा गर्बुजाले शनिबार घराम्दीको धुपीसानमा आयोजित समारोहमा चन्दादाताको नामावली विवरण लेखिएको ताम्रपत्रको अनावरण गरेर सडकको उद्घाटन गरे ।

सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेपछि स्थानीयवासीलाई सदरमुकाम बेनी, गाउँपालिकाको केन्द्र पोखरेबगर, तिप्ल्याङ बजारमा आवतजावतका लागि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष तथा व्यवस्थापक तीर्थबहादुर फगामीले बताए।

‘महभिरदेखि घराम्दीसम्म करीब दुई घण्टाको उकालो पैदलयात्रा गर्नुपर्ने बाटो अहिले ३० मिनेटमा छोटिएको छ’ फगामीले भने, ‘बिरामीलाई समयमै अस्पताल पुराउन सकिएको छ, ढुवानी खर्च घटेको छ, विकास निर्माणको काम गर्न सजिलो भएको छ।’

गाउँमा उत्पादन भएको आलु, तरकारी, खसीबोका निकासी तथा निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न सजिलो भएको छ। घराम्दी गाउँ आलु खेतीको पकेट क्षेत्र पनि हो। रासस







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad