२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मारवाडी महोत्सवमा १२ हजार सहभागी

काठमाडौं – पहिलो मारवाडी महोत्सव शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ। झापा मारवाडी समाजले आयोजना गरेको महोत्सवको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका थिए। महोत्सव १२ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मुलुकमा मारवाडी समुदायको भूमिका बहुआयामिक रहेको भन्दै प्रशंसा गरे। नेपालको राजनीति, कला, साहित्य अर्थतन्त्र लगायतमा मारवाडीको योगदान उच्च रहेको भन्दै उनले मारवाडी पहिचानको संरक्षण गर्नुपर्नेमा जोड दिए। नागरिकताका सन्दर्भमा मारवाडी समुदायले झेलिरहेको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउने पनि उनले बताए।

सभामुख महराले संघीयताको उद्देश्य नै सबैको पहिचान र अधिकार स्थापित होस् भन्ने रहेकाले मारवाडी लगायत सबै अल्पसंख्यक समुदायले सम्मानित जीवन बाँच्न पाउने बताए। मानवीय सेवाको क्षेत्रमा मारवाडी समुदायको निरन्तर सहयोगले विपन्न वर्गको उत्थान भइरहेको उनको भनाइ  थियो।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको आर्थिक समृद्धिमा मारवाडी समुदायको उल्लेखनीय योगदान  रहेको बताए।

महोत्सव संयोजक रश्मी शर्माले मारवाडी संस्कृति चिनाउने र एकता एवं भाइचारा बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्। महोत्सवमा मारवाडी समुदायका विभिन्न क्षेत्रका पाँचजना व्यक्तित्वलाई मारवाडी गौरव सम्मान दिइएको थियो। उद्योग व्यवसाय क्षेत्रका विनोद चौधरी, राजनीतिक क्षेत्रका ओमप्रकाश सरावगी, समाजसेवामा दीनबन्धु गोयल, पेसागत क्षेत्रका डा. जगदिश अग्रवाल र कला साहित्य क्षेत्रका लक्ष्मण नेवटियालाई ‘मारवाडी गौरव’ सम्मान दिइएको थियो।

आयोजक संस्थाका अध्यक्ष मदन मित्तलले महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै आगामी दिनमा पनि यसलाई निरन्रता दिने बताए। महोत्सवमा राजस्थानी लोकनृत्य, पोसाक, परिकार, फोटो प्रदर्शनी लगायत गतिविधि थिए।

प्रकाशित: १६ वैशाख २०७५ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App