क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

शनिबार, १५ बैशाख २०७५, १६ : ०६ नागरिक

काठमाडौं– अप्पर इन्दुज बेसिन नेटवर्क (युआइबीएन)ले  काठमाडौमा आयोजना गरेको कार्यशालाले वैज्ञानिक आधारमा क्षेत्रीय सहयोग अभिवृद्धिमा जोड दिएको छ। नेटवर्क भित्रका अफगानिस्तान, चीन, भारत र पाकिस्तानका सरकारी तथा निजी संगठनका शोधकर्ता तथा अन्तर्राष्ट्रिय वैज्ञानिक र शोधकर्ताको सहभागितामा आयोजना भएको कार्यशालाले यस्तो जोड दिएको हो।

बैशाख ११ र १२ गते नेपालस्थित इसिमोडको कार्यालमा दुई दिनसम्म चलेको गरिएको कार्यशालामा इन्दुज बेसिनको पानी वितरण हुने चार तटिए मुलुकमा अनुसन्धान र ज्ञान उत्पादनमा जोड दिइएको छ। 

कार्यशालामा नेटवर्कका ६ प्राविधिक समुह र वैज्ञानिकहरुले बेसिनका बारेमा क्षेत्रीय छलफल, अनुसन्धान तथा ज्ञान उत्पादनका विषयमा जोड दिएका थिए। त्यस्तै कार्यशालामा नेटवर्कका सिद्धान्तलाई सिमा नदिका क्षेत्रमा जिम्मेवार हुने गरी पुनरावलोकन गरिएको छ। नेटवर्कको उद्देश्य, लक्ष्य र प्रशासन ढाँचामा समेत परिवर्तन भएको छ। 

कार्यशालमा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले अष्ट्रेलियाले यूआइबीएनसँग मिलेर तटिए मुलुकमा काम गरिरहेको बताए। उनले दिर्घकालिन रुपमा बेसिनको व्यवस्थापनका लागि वैज्ञानिक कार्यक्रम तथा ज्ञान आर्जनका क्षेत्रमा सहयोग र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए। 

नेटवर्कका प्रमुख खलिद मोहत्तादुल्लाहले समुदायलाई दिएको आवाज नेटवर्कको सवैभन्दा ठूलो योगदान भएको बताए। कार्यशालामा सहभागीहरुले विज्ञ तथा शोधकर्ता सहभागी यस्तो मञ्चले इन्दुज बेसीनमा भइरहेको जलवायु परिवर्तन र त्यसको असरका बारेमा पनि अनुभव साटनुपर्नेमा जोड दिएका थिए।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad