१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले र माअाेवादीबीचकाे एकता सहज विषय होइनः श्रेष्ठ

गोरखा – नेकपा माओवादी केन्द्रका नेता एवं माओवादीका तर्फबाट पार्टी एकता संयोजक समितिका सदस्य रहेका नारायणकाजी श्रेष्ठले दुई ठूला दलको एकीकरण सहज विषय नभएको बताएका छन्।

शनिबार गृहजिल्ला गोरखामा पत्रकारसँगको भेटघाटमा उनले भने ‘पाटी एकता हुन्छ, कसैले रोक्न सक्दैन तर फरक–फरक बैचारिक लाईन र ठूला दुई शक्तिको एकीरण सहज विषय होइन, त्यसैले समय लागेको हो।’

एकता संयोजन समितिले राजनीतिक र सांगठनिक  प्रतिवेदन बुझाइसकेको भन्दै उनले अबको निष्कर्ष दुई पार्टीका अध्यक्षले निकाल्ने बताए। उनले भने ‘हामीबीच सम्मानजनक र समानताको नीतिमा एकता हुन्छ।’

६० प्रतिशत जनतको मत लिने गरी एकिकृत पार्टी बनाउन लागेकाले छलफलले समय लिएको भन्दै उनले पार्टी एकतामा अलमल नहुने तर्क गरे। पार्टी भित्र रहेका शीर्ष नेताहरूको ब्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि सहज नरहेको उनले बताए।

निर्वाचनमा गोरखा २ बाट पराजित भएपछि उनी गृह जिल्ला आउने क्रम बाक्लो बनाएका छन्। माओवादीको जिल्ला बैठकमा सहभागी हुन र कार्यकर्ता भेटघाटका लागि उनी गोरखा आएका थिए।

प्रकाशित: १५ वैशाख २०७५ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App