ग्यास सिलिण्डर पड्कँदा इटहरीमा आगलागी

शनिबार, १५ बैशाख २०७५, १२ : १० नागरिक

इटहरी – सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा एक करोड नोक्सानी भएको छ।

समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन्। राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएका स्थितिमा एकाएक विद्युत् चुहिएर आगो सल्किएको थियो। ती पसल घरमा भएका कम्तीमा ११ खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्कँदा आगोले विशाल रुप लिएको स्थानीयवासीले बताएका छन्।

आगलागी भएर तत्काल करीब ५०० मिटर पर रहेको उपमहानगरपालिकाको दमकल बोलाउँदा नआएको तथा १८ किमी पश्चिममा रहेको इनरुवा नगरपालिकाको दमकल आएपछि मात्र इटहरीको दमकल आएकाले पनि बढी नोक्सानी हुन पुगेको आगलागीपीडित पदम अधिकारीले जानकारी दिए।

आगो लागेर अधिकारी, बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको पसल घर पूर्णरुपमा खरानी हुँदा ती पसल घरमा रहेका फ्रिज, सुनचाँदी, लत्तापकडा, खाद्यान्न, भाँडाबर्तनलगायत सम्पूर्ण उपभोग्य वस्तुसमेत नष्ट हुँदा ती ती परिवारको बिचल्ली हुन पुगेको छ।

उक्त आगलागीमा चार पसल घरसँगै पूर्वपट्टि लालधन राईको चारतले पक्की घर र पश्चिमपट्टि मोहनसिंह तामाङको चारतले पक्की घरमा पनि नोक्सानी पुगेको छ। पीडितमध्ये लालधनको चार लाख बढीको नोक्सानी भएको छ।

सो आगलागीमा अधिकारीको सबैभन्दा बढी करीब ४५ लाख नोक्सानी भएको बताइएको छ। नजिकैको दमकल नआइदिएकाले आफूहरुले ठूलो नोक्सानीसँगै घरबास नै उठिबास हुन पुगेको पीडित अधिकारीले गुनासो गरे। अधिकारीसँगै अरुको पनि सम्पत्ति नष्ट भएका छन्।

त्यहाँ लागेको आगो प्रहरी, स्थानीयवासी र इनरुवापछि आएको इटहरीको दमकलको सहयोगले नियन्त्रणमा लिएको बताइएको छ। समयमा नै आगो नियन्त्रण भएकाले बजार क्षेत्रमा अरु सम्भावित ठूलो जनधनको नोक्सानी हुनबाट जोगिएको स्थानीयवासीको भनाइ छ। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad