१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फ्याली हत्या प्रकरण : फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या गरेर फरार अभियुक्त यमबहादुर अर्घुले मगर, डाँका मुद्दामा फरार सूर्यबहादुर तामाङ र लागुऔषधसहित समातिएकाहरु (बायाँदेखि दायाँसम्म क्रमश) । तस्बिर : नागरिक

धादिङ– हत्या गरी फरार रहेका जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ बस्ने ५५ वर्षीय यमबहादुर अर्घुले मगरलाई प्रहरीले पक्राउ गरेको छ। २०६१ साल कात्तिक १२ गते ज्वालामुखी ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई ८ जनाको समूहले धारिलो हतियार प्रहार गरि फरार भएका थिए। फरार मध्येका मगरलाई प्रहरीले ज्वालामुखी–५ बुङकोटघाटबाट बिहीबार पक्राउ गरेको छ। 

विजया दशमीको पंचावली चाड मनाउन जम्मा भएका स्थानीयहरुबीच भएको विवादमा धारिलो हतियार प्रहार गरेर मगरको हत्या गरिएको थियो। हत्या गरेका ८ जना मध्ये अन्य ७ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए। ‘घटनापछि फरारमध्ये १४ वर्षपछि एक जनालाई पक्राउ गर्न सफल भएका छौँ, प्रहरी उपरीक्षक राउतले भने, ‘घटनामा संलग्न अन्य ७ जनाको पनि खोजी गरिरहेका छौँ।’

त्यस्तै ११ वर्षअघि डाँका मुद्धामा फरार रहेका जिल्लाको गल्छी गाउँपालिका ५ घर भई हाल बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ३६ वर्षीय सूर्यबहादुर तामाङलाई पक्राउ गरिएको छ। प्रहरीले तामाङलाई आफ्नै घरबाट पक्राउ गरेको हो। तामाङलाई २०७० माघ ५ गते ६ वर्ष कैद र १ लाख १० हजार ६ सय २५ जरिवाना तोकिएको थियो। तर उनी फरार भएका थिए। तामाङलाई कैद भुक्तानका लागि शुक्रबार नै जिल्ला कारागार पठाइएको राउतले जानकारी दिए।  

त्यसैगरी पृथ्वी राजमार्गको जोगिमाराबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ। सवारी चेकजाँच गर्ने क्रममा लागु औषध निट्रोसम १० लेखिएको १० वटा ट्याबलेट भएको ३० पत्तामा ३०० ट्यावलेट सहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मोरङ बिराटनगरका १८ वर्षीय विवेक पोखरेल, तनहुँ बन्दिपुर बस्ने १६ वर्षीय सुदिप गुरुङ, काठमाडौँ घर भएका २२ वर्षीय कृष्ण गौतम रहेका छन्। पक्राउ परेकाहरुलाई लागु औषध मुद्धा दर्ता गरी अदालतबाट म्याद भई अनुसन्धान कायृ भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङको जानकारी दिएको छ। 

प्रकाशित: १४ वैशाख २०७५ १६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App