१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

राष्ट्रको गौरव र सम्मान

गएको चैत १५ राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् सम्बोधनका क्रममा बग्गीयात्राको समाचारले भाइरल रुप लियो । केही अनलाइन र अखबारहरुले राष्ट्रपति भण्डारीको सम्बोधन कार्यक्रमअघि र पछि रिसल्ला यात्रा भएको र त्यसले सर्वसाधारण सकसमा परेको समाचारको आशय थियो । समाचारमा राष्ट्रप्रमुखको यस किसिमको यात्रालाई निकै निम्नस्तरको भाषा प्रयोग गरिएको थियो ।

हामी नेपाली नकारात्मक सोचका छौँ । हामी कुरै नबुझी प्रतिक्रिया व्यक्त गरिहाल्छौँ । आएका खबरको सत्य–तथ्य केलाउन हामी उति धेरै सक्रिय रहदैनौँ र सिधासिधा आलोचनामा उत्रिहाल्छौँ । यस किसिमको सोचले पछि हामीलाई विस्मातमा पारिदिन्छ र त्यही कुरा राष्ट्रपतिको रिसल्ला यात्राको उदाहरणले पनि देखाइहाल्यो ।

राष्ट्रपति कुनै एक व्यक्ति होइनन्, उनी देशकै गौरव हुन् । यस पदलाई राष्ट्रको गहना र गौरव बनाउने जिम्मा अरु कसैको होइन, हाम्रो आफ्नै हो । यस पदमा जो सुकै बसोस्, जो सुकै रहोस्, जुन धर्म, संस्कार र संस्कृतिको होस्, जुन जातजाति र पृष्ठभूमिको रहोस्, उसलाई गर्नुपर्ने मान मर्यादामा हामीले कुनै कमी राख्नु हुँदैन ।

यसको अर्थ हामीले दिएका सम्मानको अभद्र प्रदर्शन हुनुपर्छ भन्ने कदापि होइन । हामीले गरेको माया र दिएको उच्च स्थानबाट हामी नागरिकलाई रैतिको व्यवहार हुनुपर्छ भन्ने पनि होइन ।

हामीले विदेशका कयौँ राष्ट्रप्रमुख देखेका छौँ, जसलाई उचित सम्मान प्रदर्शन गरिएको हुन्छ । त्यो व्यक्तिको सम्मान होइन, ऊ विराजित पदको सम्मान हो । त्यसैले हामीले उसको पदअनुसारको सम्मानमा कदापि कमी राख्नु हुन्न । सानो चित्त गर्नु हुन्न । सम्मानका लागि हामी उदार छौँ, हुन्छौँ र हुनु पनि पर्छ तर हिजोका दिनमा राजा–महाराजाका पालामा जेजस्ता सास्ती सर्वसाधारणले भोगे, त्यसको पुनरावृत्ति हुन नदिनतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्छ ।

हुन पनि एउटा साधारण कामदार, एउटा सामान्य जागिरे, अस्पतालतर्फ हिँडेको रुँगुवा र अन्य कयौँ सर्वसाधारणले त्यस दिन राष्ट्रपतिको सवारीको निहुँमा घण्टौँ अघोषित कफ्र्युमा परे । जो जहाँ थिए, त्यहीँ अड्किए । जे जेका लागि हिँडेका थिए, एक पाइला पनि सार्न सकेनन् ।

हेर्दा ऊ एउटा सामान्य मानिस हो तर देश निर्माणको हिसाबले हेर्ने हो भने ऊ एउटा समय हो । त्यस्ता लाखौँ मानिसको समय त्यस समय फ्रिज भयो, रोकियो, काम अवरुद्ध भयो । त्यसले हुने आर्थिक क्षतिको हामीले कल्पना पनि गर्न सक्तैनौँ । र, यसको दोषी राष्ट्रपति विद्यादेवी भण्डारी होइनन् । हाम्रो पुरानै काम गर्ने र सोच्ने शैली हो । यस्ता सवारी चलाउँदा कसरी प्रभावकारी रुपमा ट्राफिक व्यवस्थापन गर्ने हो, त्यसमा गम्भीर रुपमा सोच्ने मात्र होइन, आमूल परिवर्तन नै आवश्यक भइसकेको छ । ताकि लाखौँ मानिसको अर्बौं मिनेट क्षति नहोस्, हजारौँ मानिसका लाखौँ महत्वपूर्ण भेटघाट रद्द नहोस् । जति राष्ट्रपतिको समय महत्वपूर्ण छ, हुन्छ त्यसैगरी सर्वसाधारणको समयको मूल्यवान् हुन्छ भन्ने मात्र बुझिदियो भने धेरै कुरा सजह हुने थियो ।

प्रकाशित: १४ वैशाख २०७५ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App