इलाममा मुटु रोगीको संख्या बढ्दै

शुक्रबार, १४ बैशाख २०७५, १० : ०६ नागरिक

इलाम – पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ।

जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरमा मुटु परीक्षण गराएका एक हजार २७ मध्ये १२० मुटु रोगी भेटिएको अस्पतालले जनाएको छ।

शिविरमा सेवाग्राहीलाई हृदय केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको नेतृत्वमा आठ डाक्टरसहित १७ जना चिकित्सकको टोलीले सेवा दिएको थियो।

मुटु रोगीमध्ये कोहीको भल्व फेर्नुपर्ने, कसैको रगत नली फेर्नुपर्ने र कसैको शल्यक्रिया गर्नुपर्ने अवस्थाका रहेको शर्माले जानकारी दिए। मुटुजाँच गराएकामध्ये प्रतिशतका आधारमा मुटु रोगीको संख्या उच्च भएको डाक्टर शर्माको भनाइ छ।

शरीर सञ्चालनको सबैभन्दा महत्वपूर्ण अंगका रुपमा मुटुलाई लिइन्छ। यस्तै मुटु रोगीका लागि जोखिम मानिने रक्तचापका बिरामीको संख्या शिविरमा आएकामध्ये करीब ८० प्रतिशतमा पाइएको उनले बताए।
मुटु परीक्षण गराएकाको मुटुको ढुकढुकी बढ्ने, डर लाग्ने, निन्द्राबाट बिउझिँदा तर्सिनेजस्ता समस्या बढी देखिएको चिकित्सकको भनाइ छ। मुटु रोग जन्मजात, रगत नली बिग्रेरलगायत विभिन्न कारणबाट हुनसक्छ।

यस रोगबाट बच्नका लागि नियमित व्यायाम गर्नुपर्ने, धुम्रपान र मध्यपानबाट टाढै रहनु पर्ने, सन्तुलित खानपानमा ध्यान दिनुपर्ने, खाना कम गरेर फलफूल, सागसब्जी बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ।   (रासस)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad