१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मिङ्मा र प्रदीप भिड्ने

काठमाडौं- नक्साल 'ए' का मिङ्मा ग्याल्ेजन शेर्पा र मेघदूत क्लबका प्रदीप घिमिरे चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिताअन्तर्गत ५२ केजी तौल समूहको स्वर्ण पदकलाई भिड्ने भएका छन्।

शनिबार सम्पन्न सेमिफाइनलमा मिङ्माले दमकका भीमबहादुरलाई अंकका आधारमा र प्रदीपले रोल्पाका रामप्रसाद पुनलाई हराउँदै अन्तिम फाइनल भिडन्त पक्का गरेका हुन्।

नक्साल 'ए' का देव तामाङ र अल्फाका चन्द्रबहादुर थापा ४६–४९ केजी तौलको फाइनल पुगेका छन्। देवले कञ्चनपुरका भानु विष्टलाई स्पिलिट डिसिजनका आधार तथा चन्द्रले दमकका धर्मेन्द्र पाखिमलाई पराजित गरेका थिए।

५६ केजी तौल समूहको स्वर्ण पदकका लागि कास्की 'बी' का दिनेश बानियाँ र सुनसरीका  राकेश राईबीच प्रतिस्पर्धा हुनेछ। दिनेशले बक्सिङ फिटनेसका अमिन राई र राकेशले नक्साल 'बी' का पवन भट्टराईलाई सेमिफाइनलमा हराएका थिए।

बानुजका कर्माछिरिङ गुरुङ र बक्सिङ फिटनेसका सौरभ विमली ६० केजी तौल समूहको फाइनल पुग्न सफल भएका छन्। सेमिफाइनलमा कर्माले  काठमाडांै युथ बक्सिङका साजन गिरी र सौरभले सेन्ट्रल बक्सिङ 'बी' का बुद्धराज राईलाई हराएका थिए।

काठमाडौं युथ बक्सिङका प्रशान्त दाहाल र जावलाखेल बक्सिङ क्लबका सरोज सेवा ६४ केजी तौलको फाइनल भिड्ने भएका छन्। प्रशान्तले अल्फाका युरेन बुढामगर र सरोजले नक्साल 'ए' का मनिष डंगोललाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेका थिए।

त्यस्तै ६९ केजी तौलको सेमिफाइनलमा  कैलालीका लक्ष्मण थापामगरले नक्साल 'ए' का टासी  शेर्पालाई अंकका आधारमा र कञ्चनपुरका निवास चन्दले काठमाडौं युथ बक्सिङका राजु श्रेष्ठलाई अंकका आधारमा हराउँदै अघि बढेका थिए।

सुनसरीका सन्देश लिम्बु र काठमाडौं युथका कमल थापा ७५ केजीको फाइनलमा पुगेका छन्। सन्देशले सुनसरी 'बी' का सुमन लिम्बु र कमलले मेघदूतका अक्षत श्रेष्ठलाई टेक्निकल नकआउटका आधारमा हराएका थिए। 

प्रकाशित: १२ भाद्र २०७३ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App