१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

घुम्ती साहित्य महोत्सव

काठमाडौं –  पुस्तक प्रकाशक संस्था फाइनप्रिन्टले देशका विभिन्न ठाउँमा एकदिने ‘घुम्ती साहित्य महोत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ। महोत्सव पहिलो चरणमा सुर्खेतमा वैशाख १५, धनगढीमा वैशाख १७ र कोहलपुरमा वैशाख १८ गते कार्यक्रम हुँदैछ।

फाइन प्रिन्टले पहिलो पटक हुन लागेको महोत्सवको उद्देश्य राजधानीमा केन्द्रित लेखक र मोफसलका पाठकबीच सेतुको काम गर्नु रहेको जनाएको छ।

महोत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तकका लेखकहरु मदनकृष्ण श्रेष्ठ, हरिबहादुर थापा, युग पाठक, शिवानी सिंह थारु, अमर न्यौपाने, यज्ञश र नयनराज पाण्डे तथा केही स्थानीय लेखक, पत्रकार सहभागी हुनेछन्।

फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीले संस्थाले स्थापनाकालदेखि नै नेपालमा पठन संस्कृतिको विकासका लागि काम गरिरहँदा यो महोत्सव पनि त्यसैको एउटा प्रयास रहेको बताए।

महोत्सवमा सहभागी हुने ‘मदन पुरस्कार’ विजेता लेखक महेशविक्रम शाहले पनि यस किसिमका महोत्सवले लेखक र पाठकबीचको सम्बन्धमा न्यानोपन ल्याउन सघाउ पु¥याउने बताए। ‘फाइनप्रिन्ट फिभर’ को दोस्रो चरण जेठमा हुनेछ।

प्रकाशित: १४ वैशाख २०७५ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App