१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बझाङ र बाजुरामा महालक्ष्मी विकास बैंक

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले देशभर सेवा विस्तार गर्ने क्रममा मंगलबार ११ गते बझाङको चैनपुर र बिहीबार बाजुरा जिल्लाको मार्तडीमा शाखा खोलेको छ।

चैनपुर शाखाको उद्घाटन जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्रबहादुर खड्काले र मार्तडी शाखाको उद्घाटन बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने उद्घाटन समारोहमा अतिथि, विभिन्न कार्यालयका प्रमुख, व्यवसायी तथा सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले कार्यक्रममा बैंकले ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिए । ‘आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने छ,’ उनले प्रतिबद्धता जनाए।

विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मीले गत चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
 

प्रकाशित: १४ वैशाख २०७५ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App