१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्युठान र अर्घाखाँचीमा जेसीबीको आधिकारिक आउटलेट

काठमाडौं– नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले प्युठानको जुम्री बजार र अर्घाखाँचीको सन्धिखर्चमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ।

नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन्। यस क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो। 

प्युठानको ‘एआरओ’ को उद्घाटन प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरे र प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले संयुक्त रुपमा गरेका थिए। ‘एआरओ’को उद्घाटन कार्यक्रममा प्युठान हेभी इक्विपमेन्ट संघका अध्यक्ष बालाजु श्रेष्ठ, प्युठान निर्माण व्यवसायी संघका अध्यक्ष पशुपति नारायण नकर्मी लगायतको उपस्थिति थियो। 

त्यसैगरी, सन्धिखर्क ‘एआरओ’को उद्घाटन सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुषाल र अर्घाखाँची निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारीले संयुक्त रुपमा गरेका थिए। दुवै नयाँ ‘एआरओ’बाट जेसीबी ब्रान्डका मेसिनहरुको पार्टस् विक्री गरिनुका साथै सर्भिस पनि दिइनेछ। 

प्रकाशित: १३ वैशाख २०७५ १६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App