१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘कोक खाम रसिया जाम’ योजनाको ४० बिजेताको नाम घोषणा

काठमाडौं– कोकाकोला नेपालले संचालन गरेको सबैभन्दा ठुलो उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम रसिया जाम’ अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताको छनोट भएको छ। उनीहरु सबैले सम्पूर्ण खर्च कम्पनीले ब्यहोर्ने गरी रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्न पाउनेछन्।

फेब्रअरी १५ बाट सुरु भएको यो योजना अप्रिल १५ सकिएको थियो। जहाँ ४० जना भाग्यशाली बिजेताको नाम घोषणा भएको छ। साथै १८ जना भाग्यशाली उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन्। साथै १० हजार भन्दा बढीले फिफाको लोगो अंकित बिशेष उपहारहरु स्पिकर, हेडफोन, पेन ड्राइभ उपहार पाएका छन्।

छनोट भएका नेपालीले विश्वकप २०१८ को खेलका दौरान मैदानमा नेपाली झण्डासहित उपस्थित हुने र यो देखेर सारा नेपालीले गौरव महशुस गर्ने आयोजकको विश्वास छ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नेपालीलाई विश्वकप हेर्ने अवसर जुटाउन पाउँदा खुसी लागेको भन्दै निकट भविष्यमा यस्ता खालको क्याम्पेन संचालन गर्दै जाने बताएका छन्।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले ‘कोक खाम रसिया जाम’ क्याम्पेन एउटा अस्मरणीय क्याम्पेन थियो भन्दै आफूहरुले उपभोक्ताबाट आशा गरेभन्दा धेरै राम्रो प्रतिकृया पाएको बताए। 

प्रकाशित: १३ वैशाख २०७५ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App