१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई नम्बर प्रदेश बढी संवेदनशील : गृहमन्त्री थापा

बारा– गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको बताएका छन्। सिमराको होटेल इच्छामा बुधबार आयोजना गरीएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा खुल्ला सीमाको कारणले हुने–गरिने तस्करी, भूमिगत संगठनको गतिबिधि लगायत कारणले गर्दा २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको उनले बताएका छन्।

संबेदनशिलकै कारणले गर्दा अन्य प्रदेशको तुलनामा २ नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको थापाले बताए। सुरक्षामा रहेको चुनौतीको सामाना गर्न आवश्यक सुरक्षा रणनिति बनाउने कार्यमा गृह मन्त्रालय लागेको मन्त्री थापाले खुलाए। 

गोष्ठीले दुई नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको बिषयमा महत्वपूर्ण कार्ययोजना सहितको निष्कर्श निकाल्ने उनले बताए। ‘देशका सातै प्रदेशमा सुरक्षा गोष्ठी गरिनेछ,’ मन्त्री थापाले भने– ‘यसको सुरुवात दुई नम्बर प्रदेशबाट गर्नुमा राजनीतिक अस्थिरता पनि एउटा कारण हो।’ 

दुई नम्बर प्रदेशमा राजनीतिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक भएकोले वर्तमान सरकारले राजनीतिकि स्थायित्वलाई काम गरी रहेको बताए।

देशको समग्र सुरक्षा ब्यवस्थालाई व्यवस्थित गर्न र जनताले पाउने सेवालाई मध्यनजर गर्दै गृहमन्त्रालयले ८२ बुँदे कार्ययोजना सार्वजनिक गरिसकिएको उनले  बताए। ‘हामीले ८२ बुँदे कार्ययोजना ल्याएका गरेका छौँ,’ गृहमन्त्री थापाले भने– ‘यो कार्ययोजना देशभरका सुरक्षा र अन्य निकायलाई पठाउने तयारीमा छौँ।’

प्रदेशस्तरीय गोष्ठीमा गृहसचिव प्रेमकुमार राई, प्रदेश निमित्त प्रमुख हरि फुयाल, प्रदेश दुई आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललगायत सुरक्षा निकायका उच्च अधिकारी, आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलगायत सहभागी रहेका छन्।

प्रकाशित: १२ वैशाख २०७५ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App