१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु, एक घाइते

तुलसीपुर – दाङमा माेटरसाइकल दुर्घटना हुँदा बुधबार एक  प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना भएकाे हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंहले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान ओविलाल गिरी रहेका छन् । गिरी रोल्पा खुङ्गी निवासी हुन् । सोही मोटरसाइकल दुर्घटनामा परी चालक प्रहरी जवान प्रहरी जवान वसन्त अधिकारी घाइते भएका छन्। 

घाइते अधिकारीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पातालले जनाएको छ । आज बिहान उनीहरु मोटरसाइकल गस्तीमा गएको बेला दुर्घटनामा परेका थिए। 

प्रकाशित: १२ वैशाख २०७५ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App